जेष्ठ १५ देखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता हुने  « Khabarhub

जेष्ठ १५ देखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता हुने 


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यही जेठ १५ देखि २६ गतेसम्म जनकपुरधाममा महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता–८० हुने भएको छ । मधेस प्रदेश क्रिकेट सङ्घ धनुषाले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी यही जेठ १५ देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । 

सङ्घका अध्यक्ष हिरा भगतले मधेस प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्रालयको प्रमुख सहयोगमा १५ गतेदेखि आयोजना हुने प्रतियोगितामा सातै प्रदेशका एक-एक गरी सात टिमको सहभागिता रहने र खेल राम जानकी बहुउद्देश्यीय खेल मैदानमा खेलाइने जानकारी दिए ।

सो अवधिमा २२ वटा खेल हुनेछन् । यसअघि जिल्लास्तरमा आयोजना भएको प्रतियोगिता पहिलो पटक प्रदेशस्तरमा आयोजना गर्न लागेको उनले बताए । प्रतियोगितामा विजेता टिमलाई रु तीन लाख र उपविजेताले दुई लाखसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको कूल लागत कूल ७० लाख लाग्ने अनुमान गरिएको जिल्ला क्रिकेट सङ्घ धनुषाका सचिव आसिसकुमार झाले बताए। 

पत्रकार सम्मेलनमा शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेता महेन्द्रनारायण निधिको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएकोले यसलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरिएको बताए । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले पनि जनकपुरधाममा खेलकुद गतिविधि बढाउने उद्देश्यले यसअघि मेयरकप क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको र १५ गतेदेखि हुने प्रतियोगिता त्यसकै निरन्तरता भएको बताए । उनले लोकतान्त्रिक आन्दोलनका नेता निधिको स्मरणसँगै सरकारलाई यहाँ बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला बनाउन ध्यानाकर्षणका लागि पनि महत्त्वपूर्ण हुने धारणा राखे । 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : २० बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु