सुदूरपश्चिमका युवायुवतीलाई संसदीय अभ्यास « Khabarhub

सुदूरपश्चिमका युवायुवतीलाई संसदीय अभ्यास


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमका युवायुवतीलाई संसदीय प्रणालीसम्बन्धी अभ्यास गराइएको छ ।

सुदूरपश्चिम प्रदेश युवा परिषदले उक्त अभ्यास गराएको हो । प्रदेशका युवाहरूको नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने हेतुले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ । नमूना युवा संसद् अभ्यासमा सामेल युवाले संसद्का काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी गराइएको हो ।

यस्तै उनीहरूले नमूना युवा संसद् अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससँगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमासमेत जानकारी लिएको बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट प्रतिनिधिमूलक रुपमा युवायुवतीलाई उक्त कार्यक्रममा सहभागी गराइएको थियो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा, प्रदेशसभाले बनाउने ऐन, कानुन र कार्यान्वयनका चरणहरू बारे छलफल गरिएको थियो । जेठ ९ गतेदेखि सुरु भएको नमूना युवा संसद् अभ्यास आज १२ गतेसम्म चलेको थियो ।

 प्रदेश युवा परिषद सुदूरपश्चिमले हरेक वर्ष कार्यक्रम नै राखेर नमूना युवा संसद् अभ्यास आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : २६ बजे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल