विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

आज जेठ १३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ स् मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सद्भावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको बताएका छन् । भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष पूरा भएको अवसरमा उनले जनताबाट प्राप्त प्रतिक्रियाप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो बताएका हुन् । बिहानैदेखि सरकारको बारेमा गरिएको प्रशंसा आफ्ना लागि स्नेह भएको र त्यसले आफूलाई ऊर्जा दिएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले यही जेठ १६ गते दुई कार्यकालको नौ वर्ष पूरा गर्दैछ । यस अवसरमा भारतीय जनता पार्टीले सोही दिनदेखि एक महिनासम्म देशभर ५० स्थानमा विशेष सभा एवम् ¥याली गर्नेछ । केही कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका अनुसार ती सभा तथा र्यालीलाई आगामी लोकसभा चुनावको तयारीमा केन्द्रित हुनेछन् । लोकसभा निर्वाचन करिब एक वर्षपछि हुँदैछ । सबैभन्दा ठूलो ¥याली राजस्थानको अजमेरमा हुनेछ जसलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।

विशेष सभा र ¥यालीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य शीर्ष नेता सहभागी हुनेछन् । नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा पहिलो पटक प्रधानमन्त्रीको सपथ लिएका उनले सन् २०१९ को मे ३० मा दोस्रो कार्यकालको शपथ लिएर भारतको सरकार प्रमुखका रूपमा शासन सञ्चालन गगरेका थिए ।

विस्फोटक उपकरणबाट एक बालकको मृत्यु, अर्का घाइते

अफगानिस्तानको पूर्वी वर्दक प्रान्तमा विगतका युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सैद अबाद जिल्लाको शनिजदरा गाउँमा शुक्रबार बालबालिकाले खेलौना जस्तो यन्त्र फेला पारेको र त्यो खेलाउँदा विस्फोट भएको थियो । त्यसक्रममा एक बालकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।’ यसरी द्वन्द्वग्रस्त मुलुकमा निर्दोष बालबालिकाको ज्यान गएको यो दोस्रो घटना हो ।

अघिल्लो यस्तै प्रकारको घटनामा मे २३ मा अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको थियो । सो घटनामा विगतका युद्धबाट बाँकी रहेको खानी बिस्फोट हुँदा एक बालकको मृत्यु भएको थियो र दुई जना घाइते भएका थिए ।

अफगानिस्तान विश्वव्यापीरूपमा सबैभन्दा धेरै धराप थापिएका देशमध्ये एक मानिएको छ । विगत चार दशकका विभिन्न किसिमका युद्ध र गृहयुद्धबाट बाँकी रहेका विस्फोटन नगरिएका हतियारको विस्फोटका कारण हरेक महिना जसो दर्जनौँ मानिस, प्रायः बालबालिका मारिने र अपाङ्ग हुने गरेका छन् ।

उत्तरी चीनमा पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु

उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन्।

सो विस्फोट दिउँसो ४ बजे भएको थियो। सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना संकलन गरेर परीक्षण गरिरहेका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए। हालसम्म नौ जनाको उद्धार गरिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

अमेरिकाका लागि चिनियाँ राजदूत र कूटनीतिज्ञ किसिन्जरबीच भेटवार्ता
संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका छन्। चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा. किसिन्जरलाई उनको १००औँ जन्मोत्सवको शुभकामना व्यक्त गरे ।

उनीहरूबीच चीन(अमेरिका सम्बन्धका विभिन्न आयाम बारे विचार आदानप्रदान भएको थियो । सो अवसरमा द्वीपक्षीय सम्बन्ध थप मझबुद बनाउने लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरू बारे पनि छलफल भएको बताइएको छ।

पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् ।

पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दोस्रो विष्फोटमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले जनाएको छ भने आक्रमणमा संलग्नको खोजी भइरहेको छ । घाइते सबैलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । अहिलेसम्म कुनै व्यक्ति वा समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसैबीच, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको खैबर जिल्लामा रहेको एक प्रहरी चौकीमा शुक्रबार बिहान भएको विस्फोटमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । घटनाको अनुसन्धान भइरहेको खैबर जिल्लाका प्रहरी अधिकृत सलीम अब्बासले बताएका छन् ।

मलाबार अभ्यासमा क्वाडका नौसेना सहभागी हुने
चारपक्षीय सुरक्षा समूह क्वाडका नौसेनाले यही वर्ष आयोजना हुने नौसैनिक अभ्यासमा सहभागिता जनाउने भएका छन् ।

यही वर्षको अगस्ट महिनामा अष्ट्रेलियामा आयोजना हुने मलाबार नौसैनिक अभ्यासमा क्वाडका नौसेनाको सहभागिता रहने भारतीय नौसेनाले जानकारी दिएको छ ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यस अभ्यासमा भारत र अष्ट्रेलियासहित जापान र अमेरिकी नौसेनाले पनि सहभागिता जनाउनेछन् ।

अगस्ट ११ देखि २१ सम्म सञ्चालन हुने अभ्यासमा नौसैनिक योजना, समायोजन तथा अत्याधुनिक युद्ध रणनीतिबारे प्रशिक्षण हुने जनाइएको छ ।

गत वर्ष पनि यी चार मुलुकले जापानमा नौसैनिक अभ्यास गरेका थिए । क्वाडमा सम्मिलित ४ मुलुकले मलाबार नौसैनिक अभ्यासमा सहभागिता जनाउन लागेको यो लगातार चौथो पटक हो ।

अन्तर्राष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन
चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तर्राष्ट्रियस्तरमा बढाउन मरमग्दुर प्रयास गरिरहेको छ । यद्यपि अमेरिकी डलरलाई टक्कर दिने गरी चीनले अघि बढाएको आफ्नो मुद्राको अन्तरराष्ट्रिय कारोबार तत्काल साकार हुने देखिदैन ।

अन्तर्राष्ट्रियमुद्रा बनेको अमेरिकी डलर र बेलायतबाहेकका युरोपेली मुलुकमा प्रचलनमा रहेको युरोसँग प्रतिस्पर्धामा रहेको चिनियाँ युआन केही देशमा लेनदेनको मुद्रा बने पनि त्यसलाई सहजै स्वीकार गर्ने वातावरण बनेको छैन तरपनि चीनले यसलाई अन्तर्राष्ट्रियकरण गर्न वित्तीय प्रणालीमा निरन्तर दबाब दिइरहेको छ ।

संयुक्त राज्य अमेरिकाले भूराजनीतिक उपकरणका रूपमा आफ्नो मुद्राबाट लाभ उठाउन हदैसम्मको प्रयास गरिरहँदा चीनले आफ्नो प्रभावशाली अन्तरराष्ट्रिय भूमिका प्राप्तिका निम्ति निरन्तर सङ्घर्ष गर्नु असामान्य होइन ।

दोस्रो विश्वयुद्धपछि विकसित भएको विश्वव्यापी वित्तीय संरचनामा अमेरिकाको अनौठो भूमिकाले चीनको आरएमबी अन्तरराष्ट्रियकरणको प्रयासमा गएको हो । सन् १९४५ देखि अमेरिकी डलरले सङ्घीय रिजर्भ प्रणाली अर्थात् अमेरिकाको केन्द्रीय बैंकिङ प्रणालीमा यसको विश्वव्यापी उपलब्धतालाई नियन्त्रण गर्दै विश्व मुद्राको रूपमा काम गर्दै आएको छ ।

वित्तीय सङ्कटको समयमा विश्वव्यापी आर्थिक पुनरुत्थान गर्न पनि डलरको महत्वपूर्ण स्थान रहेको छ । विश्व मुद्रा बजारमा डलरका कारण अमेरिका विशेषाधिकार प्राप्त देश बनेको छ । साथै अमेरिकाको तथाकथित यो विशेषधिकारको आलोचना पनि हुने गरेको छ ।

सन् १९७० को दशकको उत्तरार्धमा देङ स्याओपिङले सुधार युगको सुरुवात गरेपछि चीनको आर्थिक वृद्धिले चिनियाँ राष्ट्रिय मुद्राको अन्तरराष्ट्रिय प्रयोगलाई प्रवर्द्धन गर्ने अभियान थालेको हो ।

आरएमबीको अन्तर्राष्ट्रियकरण एक दशकभन्दा लामो समयदेखि चिनियाँ मौद्रिक नीतिको मुख्य उद्देश्य बनेको छ । यसले विश्वव्यापी वित्तीय कारोबारहरूमा आरएमबीको प्रयोगलाई प्रवर्द्धन गर्न खोजेको छ । यसको मुख्य उद्देश्य अमेरिकामा आधारित अधिकांश वित्तीय संस्थाहरूमा आफ्नो निर्भरता घटाउनु हो ।

बेइजिङले गैरपश्चिमा साझेदारहरूसँग उच्चमूल्यका कारोबारमा आरएमबीको प्रयोगलाई अधिक महत्व दिएको छ । पछिल्लो समयमा रुस र खाडी मुलुकबाट आरएमबीमा ऊर्जा आयात गरेको छ ।

आफ्नो मुद्राको अन्तरराष्ट्रियकरण हुँदा बहुध्रुवीय विश्वमा चीन पनि अमेरिकाभन्दा कम छैन भन्ने सन्देश प्रवाह हुने चीनको ठम्म्याइ छ । चीनको विश्वव्यापी राजनीतिक एवम् आर्थिक भूमिका अमेरिकाकै हाराहारीमा पुगेको ठानिए पनि तत्काल उसको राष्ट्रिय मुद्रा विश्वभर क्रयविक्रयको उपकरण हुने कुनै आधार देखिदैन ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा आरएमबीलाई स्थापित गर्न चीनलाई वर्षौैं लाग्ने यथार्थ निर्विवाद छ किनभने अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन युरो जोनमा लागू भएको एकल मुद्रा युरो अन्तरराष्ट्रिय व्यापार साझेदारहरूमाझ अझै लोकप्रिय बन्न सकेको छैन । डलरले प्रमुख विश्वव्यापी मुद्राको रूपमा आफ्नो भूमिकालाई कायमै राखेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ८ : ०१ बजे

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको