छानबिनमा सरकारले हस्तक्षेप गर्नु हुँदैन : नेता खनाल | Khabarhub Khabarhub

छानबिनमा सरकारले हस्तक्षेप गर्नु हुँदैन : नेता खनाल


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नक्कली शरणार्थी छानबिनमा सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् ।

काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा आफ्नो पार्टीले साथ नदिने बताए ।

उक्त घटनाको निष्पक्ष छानबिनमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध रहेको बताए । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहेकामा चिन्ता व्यक्त गर्दै उनले कानून सबैलाई समान रहेकाले घटनामा उच्च ओहोदामा रहेका तथा सामान्य व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले ठूला तीन दलको छलफलपछि छानबिनलाई प्रभावित बनाएर केही दोषीलाई उन्मुक्ति दिने आशङ्का जनताले गरिरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे।

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कतिपय व्यवहारबाट आफ्नो पार्टी सन्तुष्ट नरहेकाले ध्यानाकर्षण गराउनु पार्टीको कर्तव्य रहेको बताए । उनले अहिले साना छरिएका समान विचार भएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरी एउटा बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि छलफल चलिरहेको जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १० : १७ बजे

खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज खसेको सुक्खा पहिरो

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

राजविराज– विद्युत् प्राधिकरण हनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको आज करेन्ट

तलेजु भवानीलाई दशैँ घर भित्र्याउँदै तुलजा यात्रा सम्पन्न

भक्तपुर– प्रसिद्ध भक्तपुरको तलेजु भवानीलाई आज शुभसाइतमा दशैँ घर भित्र्याएर

हनुमानढोकामा गोरखाबाट भित्र्याइयो फूलपाती

काठमाडौं– आज हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट फूलपाती भित्र्याइएको छ। गोरखाबाट

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त