आजको मौसमः देशभर पानी पर्ने « Khabarhub

आजको मौसमः देशभर पानी पर्ने


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र प्रभावित हुनसक्ने देखिन्छ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ०७ बजे

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई