पचास शय्याको जाजरकोट अस्पताल हस्तान्तरण | Khabarhub Khabarhub

पचास शय्याको जाजरकोट अस्पताल हस्तान्तरण


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार भवन हस्तान्तरण गरेको हो ।

विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण पूरा गर्ने सहमति रहेको थियो । 

अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि  काम सुरु हुने जानकारी दिए ।

भवनको अभावमा विभिन्न उपकरण प्रयोगमा आउन नसकेकामा अब जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने उनको भनाइ छ ।

३१ करोड ५६ लाख ७७ हजार चार सय ६२ रुपैयाँमा भवन निर्माण सम्पन्न भएको जनाइएको छ । अध्यक्ष सिंहले तोकिएको समयभित्र निर्माण पूरा भएपछि  स्वास्थ्य सेवा प्रवाहमा सहज भएकोे बताए । 

जिल्ला अस्पताल निर्माणसँगै यहाँबाट प्रवाह हुने सेवा सुविधासमेत सुधार हुनुपर्ने आम नागरिकको माग छ । सामान्य समस्या आउँदा पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नुपर्ने बारेकोट–५ का मोहनजङ्ग शाहीले बताए । 

अस्पतालले जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारणलाई सेवा पुग्ने छ । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ५३ बजे

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला