विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरी, मकवानपुर र कैलालीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । 

महोत्तरीको सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट नियन्त्रित लागूऔषध ओनरेस ३८ बोतलसहित सोही उपमहानगरपालिका-१४ मयुरधाप बस्ने ३५ वर्षीय अर्पण रिमाललाई प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरीले ना.६ प २३२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

कैलालीको टीकापुर नगरपालिका-२ अस्नेरिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-५ बस्ने २० वर्षीय बिशाल चौधरी र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : १५ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो