विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरी, मकवानपुर र कैलालीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । 

महोत्तरीको सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट नियन्त्रित लागूऔषध ओनरेस ३८ बोतलसहित सोही उपमहानगरपालिका-१४ मयुरधाप बस्ने ३५ वर्षीय अर्पण रिमाललाई प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरीले ना.६ प २३२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

कैलालीको टीकापुर नगरपालिका-२ अस्नेरिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-५ बस्ने २० वर्षीय बिशाल चौधरी र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : १५ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा