दाइजो नपुगेको भन्दै बेहुली पक्षलाई धम्काएको आरोपमा विवाहमण्डपबाटै बेहुला पक्राउ « Khabarhub

दाइजो नपुगेको भन्दै बेहुली पक्षलाई धम्काएको आरोपमा विवाहमण्डपबाटै बेहुला पक्राउ


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले काठमाडौँको नक्सालमा बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । दाइजो माग्दै बेहुली पक्षलाई धम्क्याएको आरोपमा प्रहरीले बेहुला सुनसरी दुहबी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई मण्डपबाटै पक्राउ गरेको हो ।

विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिनुका साथै, बेहुलीलाई हातपात र गाली समेत गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा केटापक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको समेत खुलेको छ। आफू अमेरिकी ग्रिनकार्ड प्राप्त व्यक्ति भएको भन्दै बेहुलाले दाइजो मागेका थिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : २६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको