सेतो पानी बग्ने समस्या र यसको उपचार | Khabarhub Khabarhub

सेतो पानी बग्ने समस्या र यसको उपचार


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपालमा महिलामा प्रजनन स्वास्थ्यमा धेरै समस्या देखिएका छन्। विशेष १० देखि १८ वर्षको उमेरका महिलामा धेरै समस्या आउन सक्ने चिकित्सक बताउँछन्। महिनावारीको गडबढी हुने समस्यादेखि लिएर सेतो पानी बग्ने लगायतका समस्या देखा पर्छन्। यीमध्ये कतिपय रोग रोकथाम गर्न सकिने छन् भने कतिपय रोग समयमा पत्ता नलागे महिलाको ज्यानसमेत जानसक्छ। त्यसैले महिलाको प्रजननमा के कस्ता समस्या देखा पर्दछन् ? ती समस्या समाधान गर्न के के उपाय अपनाउने लगायतका विषयमा आधारित रहेर खबरहबका लागि प्रजनन रोग विशेषज्ञ डा. ज्योति अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय महिलाको प्रजननमा कस्ता समस्या देखा परेका छन् ?
अहिले महिलामा धेरै निःसन्तान हुने समस्या देखिएको छ। योनीबाट सेतो पानी बग्ने समस्या धेरै देखिएको छ। यसका साथै महिलालाई उमेर अनुसारको रोग बुढेसकालसम्म पनि लाग्छ। महिनावारी गढबढी हुने पिसाब चुहिने लगायतका समस्यासमेत देखा परेका छन्।

सेतो पानी किन र के कारणले बग्छ ?
प्रजनन उमेरका महिलामा सामान्य सेतो पानी बग्नु स्वभाविक हो। तर, कहिलेकाहीँ सेतो पानी बग्नु सामान्य नहुनसक्छ। साना बालिकामा पनि यो समस्या देखियो भने यसलाई असामान्य मानिन्छ। योनीमा सङ्क्रमण भएर वा अन्य कारणले पनि पानी बग्नसक्छ। योनीमा बाहिरी वस्तु पसेको छ भने त्यसको सङ्क्रमणले पनि पानी बग्नसक्छ। बालिकाको योनीबाट सेतो पानी बग्नुले सङ्क्रमण भएको हुनसक्छ, त्यसैले यसको उपचार गर्नुपर्छ। तर किशोरीमा यो समस्या देखा परे आत्तिनु हुँदैन।

कस्तो अवस्थालाई गम्भीर रूपमा लिने ?
योनीबाट अस्वभाविक रूपमा धेरै पानी बग्छ। त्यो धेरै गनायो, चिलाउने र दुख्ने भयो भने त्यसको तत्काल उपचार गर्नुपर्छ। यसरी दुर्गन्धसहितको सेतो पानी बग्नुमा पाठेघरको मुखको बाह्य सतह ताछिएर, मासु पलाएर, पाठेघर झर्ने (आङ् खस्ने) समस्या भएर, पाठेघर पछाडि फर्किएर हुनसक्छ। यसका साथै योनी चिलाउने, स्रावका साथै ज्वरो आउनु, तल्लो पेट दुख्ने, कम्मर दुख्ने, यौन सम्पर्क गर्दा सहनै नसक्ने गरी दुखेमा सामान्य हो भनेर घरैमा बस्नु हुँदैन।

यो समस्या सामान्य हो भनेर लुकाउने गर्दा, त्यसले पछि कस्तो असर गर्ला ?
समयमा नै वास्ता गरेन भने पछि गएर पाठेघरको वरिपरि घाउ हुने र पछि त्यही घाउबाट पाठेघरको क्यान्सरसमेत हुने सम्भावना हुन्छ। त्यसैले सबै महिलाले समय समयमा आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्दछ र वर्षमा एक पटक आफ्नो स्वास्थ्य जाँच गराइ डाक्टरलाई देखाउनु पर्दछ।

सेतो पानी बग्ने समस्याको उपचार के छ ?
महिनावारी भएको समयमा प्रयोग गरिने प्याड वा कपडा सफा नहुँदा पनि सङ्क्रमण बढ्ने भएकाले यस्तो बेला छिटो-छिटो प्याड वा कपडा फेर्ने, सुती कपडाले बनेका भित्री पहिरनको प्रयोग गर्ने बानी गर्नुपर्छ। पिसाब फेरेपछि प्रत्येक पटक योनी धुने वा कहिल्यै नधुने गर्दा पनि सङ्क्रमण हुने सम्भावना हुन्छ।

महिलामा यस्ता कुनै पनि समस्या नदेखिउन भनेर के-के कुरामा ध्यान दिने ?
महिलाले नियमित रूपमा सरसफाइमा ध्यान दिने गर्नुपर्छ। महिनावारीको समयमा कपडा वा टालोको प्रयोग नगर्ने, योनी भित्र पानी नहाल्ने र बाहिरको भाग सफा गरे पनि सुख्खा राख्ने गर्नुपर्छ। धेरै जनासँग यौन सम्पर्क राख्नु हुँदैन। छिटो विवाह हुनु भएन र सन्तान धेरै जन्माउनु पनि भएन। नियमित एक वर्षमा एक पटक अवश्य स्वास्थ्य जाँच गर्नुपर्छ। बच्चा ९ वर्षको भएपछि डायलसिस इन्जेक्सन लगाउने गर्नुपर्छ। जसले पाठेघरको मुखको क्यान्सर हुन दिँदैन। यो गाडासिल इन्जेक्सन ९ देखि १४ वर्षका बच्चाले दुई वटा लगाए पुग्छ र १५ वर्ष कटेपछि ६ महिनाको अन्तरमा तीन पटक लगाउनु पर्दछ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ७ : ०९ बजे

काठमाडौँमा हावाहुरीसहितको वर्षा

काठमाडौं– काठमाडौँमा हावाहुरीसहितको वर्षा भएको छ । आज बिहानैबाट काठमाडौँका

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको