कुवेतमा १४ नेपाली अलपत्र: दूतावासले सुनेन गुनासो « Khabarhub

कुवेतमा १४ नेपाली अलपत्र: दूतावासले सुनेन गुनासो



दोहा- काठमाडौंको सामाखुसीमा रहेको ओमम म्यानपावरमार्फत् आठ महिनाअघि कुवेत पुगेका १४ जना नेपाली कामदार अलपत्र परेका छन्। नेपालबाट बाइक राइडर अर्थात् डेलिभरी ब्वाइको लागि कुवेतको मेगा अवल्टिनीया कम्पनीमा पुगेका उनीहरु अलपत्र परेका हुन्। म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति दुई लाख ५० हजारदेखि तीन लाख लिएर राम्रो कमाई हुने भन्दै कुवेत पठाएको थियो। तर कुवेतमा आठ महिनासम्म पनि उनीहरुले काम नपाएको गुनासो गरेका छन्। काम नपाएपछि उनीहरुलाई त्यहाँ बस्न र खानकै समस्या भएको छ।

‘तिमीहरु त्यहाँ पुगेको डेढ महिनापछि काम सुरु हुन्छ भनेर म्यानपावर कम्पनीले भनेको थियो। डेढ महिना भित्र लाइसेन्स भन्यो भने तलब दिन थाल्छ भनेको थियो। तर यहाँ अझैसम्म हामीले केही काम पाएका छैनौं’, पीडितमध्ये एक रेमन तामाङ भने।

दुई महिनासम्म पनि कम्पनीले काम नदिएपछि नेपाल जान्छौं भनेपछि त्यहाँको कम्पनीले कुवेतको अर्धियास्थित जमेया डटकम भन्ने कम्पनीमा दुई महिना काम दिएको उनले सुनाए। दुई महिना काम दिएर फेरि अहिले कामबिहीन बनाएर राखेको पीडितको भनाइ छ।

‘हामी लामो समय काम तथा बिना तलव कोठामा बन्दी सरह भएर बसेका छौं। यहाँ राम्रो आम्दानी हुन्छ भनेर नेपालमा बैंकबाट चर्को ब्याजदर ऋण काढेर यहाँ आएका छौं। घर परिवारले हामीसँगै अपेक्षा गरेको छ,’ अर्का एक पीडितले भने, ‘हामी यहाँ रहरले घुम्न आएका होइनौं। बाध्यताले आएको हो, काम दिलाउन नसके हामीलाई उद्धार गर्नुहोस हामी यहाँ बन्दी भएर बस्न सक्दैनौं।’

नेपालमा आफूहरुको आमा बुबा म्यानपावरसम्म पुगेर दबाव दिनसक्ने अवस्था नरहेको र साहुले विभिन्न धम्की दिन थालेको पीडासमेत उनीहरुले सुनाएका छन्। काम दिन नसक्ने भए हामीलाई घर पठाइदिनु भन्दा कम्पनीले आठ सय कुबेती दिनार दिनु अनि मात्र जान पाउँछौं भनेको थियो।

अहिले पाँच जनालाई काम दिएको र बाँकी ९ जनालाई कोठामै राखेको उनीहरु बताउछन्। उता आफूहरुलाई पठाउने म्यानपावरलाई पटक– पटक सम्पर्क गर्दा कुनै वास्ता नगरेको उनीहरुले बताए। उनीहरुले आफूहरुको समस्या नेपाल सरकारलगायत सम्बन्धित निकायसम्म पुर्याइदिन र आफूहरुलाई सकुशल उद्धार गरिदिन संचार माध्यममार्फत अनुरोध गरेका छन्।

दूतावासले सुनेन गुनासो

उनीहरुले चार पटक कुवेतस्थित नेपाली दूतावास पुग्दा पनि गुनासो सुनवाइ नभएको बताएका छन्। उनीहरुले आफूले काम गरेको कम्पनीबाट काम गरेबापतको तलब मिलाइदिन तथा काम भए दिलाई दिन र नभए नेपाल फिर्ता पठाइदिन दूतावासलाई धेरै पटक गुहारे गरिसकेका छन्। तर दूतावासले कुनै सहयोग नगरेको आरोप उनीहरुको छ।

कुवेतलगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासले फोन नउठाउने तथा श्रमिकको गुनासो गर्दा बेवास्ता गर्ने गरेको अधिकांश नेपालीले बताउने गरेका छन्। यता, दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन। यो विषयमा पटक पटक बुझ्न खोज्दा सम्पर्कमा हुन् सकेन।

बोलेको कुरामा सत्यता छैन : म्यानपावर सञ्चालक

नेपाली १४ जना युवालाई कुवेत लाने ओमम म्यानपावरका संचालक एमडी अलिफले नेपाली कामदारले बोलेको कुरामा सत्यता नभएको बताएका छन्। उनीहरु सबै जनाले काम गरिरहेको उनको दाबी छ।

कुवेत पुगेका १४ जनामध्ये दुई जनाले मात्र काम नगरेको अन्य १२ जनाले काम गरिरहेको उनको दाबी छ। तलव पनि हरेक महिनाको १० तारिख कार्यरत कम्पनीले दिएको उनको भनाइ छ।

कम्पनी परिवर्तन गर्नु पर्दा केही समय काम नपाएको भने म्यानपावर कम्पनीका सञ्चालकले स्वीकार गरेका छन्।
आफूले पठाएका कामदारलाई समस्या हुन्छ भनेर आफू नेपाली दूतावास र कम्पनीका प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए।

अलपत्र परेका १४ नेपाली

रेमन तामाङ, गगन राई, दिलिप यादव, मुक्ती चौधरी, निर्मल धन राई, बद्री राम, सुरज पुन मगर, अर्जुन कामी, रजन यादव, रवि गुरुङ, सरोज राम्तेल, राज चम्लिङ राई, सुबश तामाङ
राम चन्द्र सार्की ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : ०७ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको