महोत्तरीमा एनएमबी बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ | Khabarhub Khabarhub

महोत्तरीमा एनएमबी बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख लुटेको घटनामा साफी संलग्न थिए ।

चार–पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : ३७ बजे

रिब्दीकोटका एकल महिला तथा पुरुषलाई सम्मान

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।