सन् २०१५ को काजान विश्व पौडी च्याम्पियनसिप अमेरिकाका लागि बिर्सन योग्य थियो। पुस्तान्तरणको त्यो युगमा मेसी फ्रान्कलीन, रेबेका सोनी लगायत स्टार सङ्घर्ष गरिरहेका थिए। त्यसो त म्याट ग्रेभर्स पनि राम्रो लयमा थिएनन्। स्टार माइकल फ्लेप्सले सन्न्यास लिइसकेका थिए। एक वर्ष अघिको भन्दा फरक अवस्थामा अमेरिकी टोली ब्राजिलको रियो द जेनरियोमा सन् २०१६ मा भएको ओलम्पिकमा प्रस्तुत भयो।
माइकल फ्लेप्सले संन्यास फिर्ता लिएर त्यसै वर्षको अमेरिकी राष्ट्रिय च्याम्पियनसिपमा फर्किए। अर्को वर्ष रियो ओलम्पिकमा उनले पाँच स्वर्ण पदक जिते। पाँच स्वर्ण पदकमा काजान विश्व च्याम्पियनसिपमा फाइनल प्रवेश गर्नसमेत असफल रहेको चार गुणा १ सय मिटर फ्रिस्टाइलको रिले पनि समावेश थियो। संयोग मान्नुपर्छ । यस पटक जापानको फुकोवोकामा जारी विश्व च्याम्पियनसिपमा पनि अमेरिकी टोली सो स्पर्धामा कास्य पदकमा सीमित भएको छ। सो विश्व च्याम्पियनसिपपछि अमेरिकाको यो नै पहिलो हारसमेत हो।
संयोग मान्नुपर्छ । यस पटक जापानको फुकोवोकामा जारी विश्व च्याम्पियनसिपमा पनि अमेरिकी टोली सो स्पर्धामा कास्य पदकमा सीमित भएको छ। सो विश्व च्याम्पियनसिपपछि अमेरिकाको यो नै पहिलो हार हो।
रियोमा केट्टी लेडेकी सबै भन्दा फर्ममा रहेका कारण काजानमा जितेका चार वटा नै स्वर्ण पदक जोगाउन सफल भएकी थिइन्।प्रतियोगिताको दौरान अस्ट्रेलियाकी एबेली सिबोम र क्याम्बेल दिदी बहिनी केट र ब्रुनो क्यामबेलको फर्म यसरी खस्कियो कि यसै कारण दुई सय मिटर ब्याकस्ट्रोक, एक सय मिटर फ्रिस्टाइल महिला मेड्ली रिलेमा अमेरिकाको नसोचेको स्वर्ण पदक हात पारेको थियो। ओलम्पिकै शानदार फर्ममा रहेका रयान मर्फी त त्यस सफलताको मुख्य कारक नै थिए।
उनले विश्व कीर्तिमानसहित तीन स्वर्ण पदक जितेका थिए। त्यसै ओलम्पिकमा रुइटा मेलुयुटाको फर्म खस्किएको थियो भने रुसकी यालीना एफिमोभालाई हराउँदै लिली किङ एक सय मिटर ब्रेस्टस्ट्रोकको स्वर्ण पदक जित्न सफल भएकी थिइन्।
रियोमा केट्टी लेडेकी सबै भन्दा फर्ममा रहेका कारण काजानमा जितेका चार वटा नै स्वर्ण पदक जोगाउन सफल भएकी थिइन्।
अमेरिकाको त्यो साख अर्को वर्ष भएको विश्व च्याम्पियनसिपमा पनि अमेरिका त्यत्तिकै सफल भएको थियो। त्यो साख लामो समय कायम रहन सकेन। २०१९ को विश्व च्याम्पियनसिपमा औसत प्रदर्शन गरेको अमेरिका टोकियो ओलम्पिकमा आइपुग्दा लेडेकी र केलेब ड्रेसेलमा निर्भर रहेको थियो।
सन् २०२२ को विश्व च्याम्पियनसिप भने अमेरिकाका लागि ठुलो धक्का लागेको थियो। यस अघि फ्रिस्टाइल र बटरफ्लाईमा शानदार रहँदै आएको ड्रेसेल २०२२ को विश्व च्याम्पियनसिपमा पहिलो दिन चार गुणा एक सय मिटर फ्रिस्टाइल रिलेमा सहभागिता जनाए पछि सिङ्गो प्रतियोगिता नै छाडे। यो वर्ष अमेरिकी छनोटमा सहभागी उनी एकदमे कमजोर साबित भए।
जापानमा जारी विश्व च्याम्पियनसिपमा अमेरिका एकदमै कमजोर साबित भएको छ। सुरुवाती तीन दिनमा अमेरिका तीन स्वर्ण पदकमा सीमित भएपछि धेरै नै तिरमिराएको थियो। सन् २०१९ मा बेजोड फर्ममा रहेकी रेगन स्मिथ त्यसपछि कमजोर रहेकी थिइन्। यसै वर्ष माइकल फ्लेप्स तथा लियोन मार्चन्डका प्रशिक्षक बब उमनसँग प्रशिक्षण गर्न पुगेकी उनी फेरी लयमा त फर्किइन्। तर, केलि म्याककोन र समर म्याकन्टोसको उत्कृष्ट लयका अघि उनी हार खाइन्।
जापानमा जारी विश्व च्याम्पियनसिपमा अमेरिका एकदमै कमजोर साबित भएको छ। सुरुवाती तीन दिनमा अमेरिका तीन स्वर्ण पदकमा सीमित भएपछि धेरै नै तिरमिराएको थियो।
त्यसो त जापानको विश्व च्याम्पियनसिप मेली ओ कागलानका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण बन्न पुग्यो। उनले दुई सय मिटरमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितीसकेकी छिन्। उनले एक सय मिटरमा पनि स्वर्ण पदक जित्ने अनुमान गरिएको छ। चार गुणा एक सय मिटर फ्रिस्टाइलमा पनि उनी सहितको अस्ट्रेलियाले विश्व कीर्तिमान सहित स्वर्ण पदक जिती सकेको छ। उनी सहितको अष्ट्रेलियाको टोलीले चार गुणा दुई सय मिटर फ्रिस्टाइलमा पनि विश्व कीर्तिमानसहित स्वर्ण पदक जित्ने अनुमान गरिएको छ।
यसका बाबजुद अमेरिकी टोली सकिएको भने छैन। ज्याक एलेक्सीले एक सय मिटर फ्रिस्टाइलको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि सेमिफाइनलमा सुरुवातमै अललिएको थिए। यसका बाबजुद उनको स्पिड हेर्दा यसबाट पाठ सिक्दै अर्को वर्ष साँच्चै राम्रो लयमा आउने अनुमान गरिएको छ। सेमिफाइनलमा आठौँ हुँदै फाइनल प्रवेश गरेका उनको फाइनलको रेस हेर्न लायक हुनेछ। तथापि सो स्पर्धामा बेलायतका म्याट रिचर्डसन, रोमानीयाको पोपोभोकी र अस्ट्रेलियाका केल चाल्मर्सलाई मुख्य प्रतिस्पर्धी मानिएको छ।
अर्को वर्ष अमेरिकी पौडी टोली कसरी प्रस्तुत हुने भन्ने ड्रेसेलको आगमनमा निर्भर हुनेछ। दोस्रो रेगन स्मिथको फर्ममा पनि निर्भर रहन सक्छ। स्मिथले आफूलाई केही मात्र सुधार गरे उनी ५ वटा स्पर्धामा प्रतिस्पर्धीको रूपमा रहन सक्छिन्। दुई सय मिटर बटरफ्लाइमा १६ वर्षीय थोमस हेलम्यानले कुनै पदक जितेनन्। तथापि उनले एक मिनेट ५४ सेकेन्ड भन्दा कम समयमा पौडँदै आफूलाई अर्को वर्षका लागि हेर्न लायक पौडीबाजको रूपमा पुष्टि गरिसकेका छन्। उनी सय मिटर बटरफ्लाइमा पनि राम्रो पौडीबाज मानिन्छन्।
स्मिथले आफूलाई केही मात्र सुधार गरे उनी ५ वटा स्पर्धामा प्रतिस्पर्धीको रूपमा रहन सक्छिन्। दुई सय मिटर बटरफ्लाइमा १६ वर्षीय थोमस हेलम्यानले कुनै पदक जितेनन्।
यस वर्ष अमेरिकाका लागि केही दुखद पक्ष पनि थिए। सेन कासास अमेरिकी छनोटदेखि नै खराब लयमा थिए। सायद उनकै खराब लयका कारण हेलम्यान एक सय मिटर बटरफ्लाईमा दोस्रो हुँदै विश्व च्याम्पियनसिपका लागि छनोट भए। तर, हेलम्यानले १ सय मिटरमा पनि ५१ सेकेन्ड भन्दा कम समयमा पौडने अपेक्षा गरिएको छ।
अमेरिकी टोली मिश्रित रिलेमा पनि कास्य पदकमा सीमित भएको छ। रिलेमा सहभागी चार मध्येका तीन खेलाडीले सानदार प्रदर्शन गरे पनि बटरब्लाइमा टोरी हस्कको प्रदर्शन कमजोर थियो। दुई सय मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण पदक जितेकी केटी डगलसले रिलेमा ५२ सेकेन्ड भन्दा कम समयमा पौडेर सबैलाई आश्चर्यमा पारेकी थिइन्।
इतिहासकै कमजोर प्रदर्शन गरेको अमेरिकाको हकमा सबै भन्दा आशाको कुरा भनेको डगलसको फर्म हो। डगलस अमेरिकी राष्ट्रिय टोलीमा ६ वटा स्पर्धामा समावेश छिन्। विश्व च्याम्पियनसिपमा व्यक्तिगत मेड्लीमा सहभागी उनले २ सय मिटर ब्रेस्टस्ट्रोकमा पनि प्रतिस्पर्धा गर्न बाँकी छ। यसै गरी उनले एक सय मिटर फ्रिस्टाइलमा पनि कमसेकम पदकको अपेक्षा गरिएको छ।
इतिहासकै कमजोर प्रदर्शन गरेको अमेरिकाको हकमा सबै भन्दा आशाको कुरा भनेको डगलसको फर्म हो। डगलस अमेरिकी राष्ट्रिय टोलीमा ६ वटा स्पर्धामा समावेश छिन्।
अर्को वर्षको रियो ओलम्पिकमा जस्तै अमेरिकी पुनरागमनको सम्भावना सिमोन मानुयल र ड्रेसेलको कम ब्याक हुने या नहुने तथा ज्याक एलेक्सी र थोमस हेलम्यानको स्तरमा कसरी विकास हुने भन्नेमा निर्भर रहन्छ। साथमा रेगन स्मिथ र केटी डगलसले आफूलाई सुधार गरे अर्को वर्ष फेरि पनि शक्तिको रूपमा स्थापित हुनसक्ने छ। स्रोतः स्वीमस्वाम
प्रतिक्रिया