सत्याग्रहमा बस्ने डा. केसीको चेतावनी « Khabarhub

सत्याग्रहमा बस्ने डा. केसीको चेतावनी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता तत्काल कार्यन्वयन नभए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गरी यसअघि सरकारसँग भएका सम्झौता लागू नभए सत्याग्रसहितका कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् ।

डा. केसीले चिकित्सा शिक्षा आयोगलाई नटेर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।
उनले सीटीईभीटीका पदाधिकारीले गरेका निर्णय उल्ट्याउन पनि माग गरेका छन्।

डा. केसीले सबै प्रदेशमा सरकारी मेडिकल कलेज र प्रतिष्ठान पुर्याउनुपर्ने, पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने, स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने लगायत आफूसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

उनले सरकारले सम्झौता कार्यान्वयमा आलटाल गरे सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने बताएका छन् ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १२ : ४६ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा