बाराको टाँगियाबस्तीमा बढ्यो बाघको त्रास « Khabarhub

बाराको टाँगियाबस्तीमा बढ्यो बाघको त्रास


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बारा– टाँगियाबस्तीमा दुई साताअघि स्थानीय एक किसानको १० वटा बाख्रा बाघले मारेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

बस्ती नजिकैको जंगलमा बाघको गतिविधि बढेपछि सर्वसाधारण घाँसदाउराको लागि जंगल जान र साँझ बिहान घरबाहिर निस्कन पनि डराएका हुन् ।

बाघकै त्रासमा बस्तीका किसानले केही दिनदेखि जंगलमा चौपाय चराउन छोडेका छन् । स्थानीय धनबहादुर थिङ्गले जंगलमा चराउन लगेको १० वटा बाख्रा दुई साताअघि बाघले आक्रमण गरेर मरेपछि गाउँमा त्रास फैलिएको हो ।

सो घटनापछि बस्ती नजिकैको जंगलमा बाघ बस्दै आएको स्थानीयले बताएका छन् । स्थानीयलाई असुरक्षित पार्ने बाघ नियन्त्रण लिन सरकारले चासो नदेखाएको सर्वसाधारण असुरक्षित बनेको स्थानीय बासिन्दा एंवम जीतपुरसिमरा वडा नम्बर १६ की वडा सदस्य पवित्रा कार्कीले बताइन् ।

बस्ती निरीक्षणको क्रममा आएका नगर प्रमुख मेयर राजन पौडेलले बाघले बाख्रा मारेर पीडित बनेको किसान परिवारमा राहतको लागि पहल गर्ने आश्वासन दिएको भएपनि अहिलेसम्म कुनै राहत नपाएको उनले बताइन् ।

यता स्थानीय अगुवा रमेश सापकोटाले भने सरकारले नै स्थानीयलाई जंगलमा ल्याएर अलपत्र पारेर राखेको र अहिले गाउँलेहरूले जंगली जनावरको त्रास खेप्नु परेको बताए ।

०३२ सालदेखि बसोबास गर्दै आएको बस्तीमा हाल अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्रस्ताव गरेको छ । विमानस्थल निर्माणको लागि सरकारले हालसम्म ३ करोड खर्च गरि सकेको भएपनि बस्ती व्यवस्थापन र स्थानान्तरणको काम भने अघि बढ्न नसकेको सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १ : ४३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा