सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज « Khabarhub

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । 

कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमामाथि बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति रद्द गरेको हो । 

उनी सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कार्कीले सभामुखको हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै बदरको माग राखेर रिट दिएका थिए।  उक्त रिटमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै पदमुक्त हुने आदेश दिएको हो ।

                   

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ३ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार