हिरासतमा रहेका नाइजरका राष्ट्रपतिको लोकतन्त्र जोगाउने प्रतिबद्धता « Khabarhub

हिरासतमा रहेका नाइजरका राष्ट्रपतिको लोकतन्त्र जोगाउने प्रतिबद्धता


११ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नियामे– सैनिक हिरासतमा रहेका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका उनले बताएका छन् । 

आफ्नै सेनाद्वारा बन्दी बनाइएका उनले कठोर सङ्घर्षबाट प्राप्त प्रजातान्त्रिक उपलब्धि जोगाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता व्यक्त गरेका हुन् । 

अफ्रिकी र अन्तर्राष्ट्रिय संगठनले सैन्य विद्रोहको निन्दा गरेकाछन् । साथै नाइजरका पश्चिमा सहयोगीले पनि सैनिक कारबाहीको निन्दा गर्दै अविलम्ब राष्ट्रपतिलाई रिहा गर्न र लोकतान्त्रिक पद्धतिमा फर्कनन आह्वान गरेका छन् । 

नाइजरका विदेश मन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन् । उनले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट गरेका छन् । साथै उनले राष्ट्रपति सकुशल रहेको स्पष्ट गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ५ : २३ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्