हिरासतमा रहेका नाइजरका राष्ट्रपतिको लोकतन्त्र जोगाउने प्रतिबद्धता « Khabarhub

हिरासतमा रहेका नाइजरका राष्ट्रपतिको लोकतन्त्र जोगाउने प्रतिबद्धता


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नियामे– सैनिक हिरासतमा रहेका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका उनले बताएका छन् । 

आफ्नै सेनाद्वारा बन्दी बनाइएका उनले कठोर सङ्घर्षबाट प्राप्त प्रजातान्त्रिक उपलब्धि जोगाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता व्यक्त गरेका हुन् । 

अफ्रिकी र अन्तर्राष्ट्रिय संगठनले सैन्य विद्रोहको निन्दा गरेकाछन् । साथै नाइजरका पश्चिमा सहयोगीले पनि सैनिक कारबाहीको निन्दा गर्दै अविलम्ब राष्ट्रपतिलाई रिहा गर्न र लोकतान्त्रिक पद्धतिमा फर्कनन आह्वान गरेका छन् । 

नाइजरका विदेश मन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन् । उनले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट गरेका छन् । साथै उनले राष्ट्रपति सकुशल रहेको स्पष्ट गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ५ : २३ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक