अध्यक्ष लिङ्देनलाई शैलुङको आलु उपहार | Khabarhub Khabarhub

अध्यक्ष लिङ्देनलाई शैलुङको आलु उपहार


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोलखा शैलुङ गाउँपालिकाका किसानले आलु उपहार दिएका छन् । पार्टी कार्यालय धुम्बहाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज उनीहरूले अध्यक्ष लिङ्देनलाई आफ्ना समस्या राख्दै आलु उपहार दिएका हुन् ।

आलु उपहार लिँदै अध्यक्ष लिङ्देनले कृषिमा रु एक खर्बभन्दा अनुदान गए पनि खास किसानमा पुग्न नसक्नु दुःखद भएको भन्दै किसानको समस्यामा आफूले सहयोग गर्ने बताए। सरकारले दिएको अनुदान पनि बिचौलियामा बढी जानेको कुरालाई आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनले आफूहरूले उत्पादन गरेको आलुको पहिचानसम्म नभएको कुरा गम्भीर भएको ठहर थियो ।

शैलुङ क्षेत्रलाई कृषि र पर्यटनसँग जोड्ने उद्देश्यले राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई आलु उपहार दिएको किसानको भनाइ छ । शैलुङ गाउँपालिका–८ का किसान प्रवीण थपलियाले शैलुङको आलु मुढेको भनेर बेच्ने गरेको र खास आलु उत्पादन गर्ने ठाउँ ओझेलमा परेको सुनाए ।

‘शैलुङको आलु अर्ग्यानिक छ, युरिया मलको प्रयोग गरेको छैन’, शैलुङ क्षेत्रको विकासमा राज्यको ध्यान जाओस् भन्ने उद्देश्यले राजनीतिक दल र मन्त्रीहरूलाई आलु उपहार दिएको उल्लेख गर्दै उनले भने, ‘यसअघि राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई दिने क्रममा आज अध्यक्ष लिङ्देनलाई प्रदान गरेका हौँ ।’

शैलुङका किसानले आलु बेच्नका लागि बाटोको समस्या रहेको र शैलुङबाट उत्पादन भएको आलु मुढेको भनेर बेच्ने गरेका दुःखेसो राखेका थिए । किसानले शैलुङको आलु नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतलाई उपहार दिइसकेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ६ : ३४ बजे

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

काठमाडौं-  यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान

इङ्ल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने

काठमाडौं- हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङ्ल्याण्डका खेलाडी प्लेअफका

रेडियो नेपाल र नेपाल टेलिभिजनसँगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण

हतियार प्रणालीमा एआई लागू नगर्न बङ्गलादेशको आह्वान

ढाका– बंगलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)