विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आज साउन ११, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तानको पञ्जाबमा आएको बाढीका कारण सयौँ विस्थापित

पाकिस्तानको पञ्जाब प्रान्तमा चिनाब नदीको किनारमा आएको बाढीका कारण कम्तीमा ५० गाउँ डुबानमा पर्दा सयौं मानिस विस्थापित भएका अधिकारीहरूले बिहीबार बताएका छन् ।

मनसुनी वर्षाका कारण आएको बाढीका कारण यस महिनाको सुरुमा प्रान्तका अन्य गाउँबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । ‘चिनियोट फ्लड कन्ट्रोल रुम’का अधिकारी औरोङ जैबले मौसमी वर्षाका कारण पानीको सतह बढेको बताए ।

‘नदी कटानका कारण तल्लो भेगका गाउँहरू बाढीबाट प्रभावित भएका छन्,’ उनले भने । छिमेकी भारतले सिन्धुनदीमा पानी छोड्न स्लुइस गेट खोलेपछि पनि नदीको सतह प्रभावित भएको छ ।

अधिकारीहरूले चिनाब नदीमा सुरक्षात्मक तटबन्ध निर्माण गर्ने योजना घोषणा गरेका छन् तर आगामी दिनमा अझै बाढी आउने चेतावनी दिएका छन् । दक्षिण एसियाको वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत वर्षा जुनदेखि सेप्टेम्बरमा मनसुनले गर्छ ।

करिब दुई अर्ब जनसङ्ख्या भएको यस क्षेत्रमा लाखौं किसानको जीविकोपार्जनका लागि यो महत्वपूर्ण छ तर यसले पहिरो र बाढी पनि ल्याउँछ । वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनले मौसमी वर्षालाई भारी र अप्रत्याशित बनाइरहेको छ ।

पाकिस्तान दीर्घकालीन जलवायु जोखिमको खतरामा रहेका देशहरूमध्ये एक हो । सन् २०२२ मा देशको करिब एक तिहाइ भूभाग डुबानमा परेको विनाशकारी बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

ट्युनिसियामा आठ सय आप्रवासीको डुबेर मृत्यु

ट्युनिसियामा डुङ्गाबाट युरोप पुग्ने क्रममा यस वर्षको पहिलो छ महिनामा करिब ८०० आप्रवासीको डुबेर मृत्यु भएको नेसनल गार्डका प्रवक्ता होउसेम एड्डाइन जेबाब्लीले बताएको छ ।

उनले एएफपीलाई दिएको जानकारीमा भने, ‘१०२ ट्युनिसियाली, अन्य विदेशी र अज्ञात व्यक्तिसहित ७८९ आप्रवासीको शव समुद्रबाट निकालिएको छ । यो अवधिमा ३४ हजारभन्दा बढीको उद्धार गरिएको छ ।’

उत्तर अफ्रिकी देश(ट्युनिसिया) युरोपमा राम्रो जीवनको आशामा जोखिमपूर्ण समुद्री यात्राको प्रयास गरिरहेका अनियमित आप्रवासी र शरण खोज्नेहरूका लागि एक प्रमुख प्रवेशद्वार बनेको छ ।

ट्युनिसिया इटालियन टापु लाम्पेडुसाबाट लगभग १३० किलोमिटर को दूरीमा अवस्थित छ । जेबाब्लीले भने, ‘जनवरी १ देखि जुन २० को बीचमा कूल ३४ हजार २९० आप्रवासीलाई रोकेर उद्धार गरिएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको नौ हजार २१७ को तुलनामा निकै बढी हो ।’

यस वर्ष उद्धार गरिएकामध्ये ३० हजारभन्दा बढी विदेशी नागरिक रहेको र तीमध्ये अधिकांश सब(सहारा अफ्रिकाका रहेको उनले बताए।

सामुद्रिक सुरक्षा एकाइहरूले पहिलो छ महिनामा एक हजार ३१० उद्धार प्रयासहरू सञ्चालन गरेको र उक्त सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको सङ्ख्याभन्दा दोब्बर भन्दा बढी हो ।

इटालियन सरकारका अनुसार यस वर्ष अहिलेसम्म ८० हजारभन्दा बढी मानिसहरू भूमध्यसागर पार गरेर यसको किनारमा आइपुगेका छन्, जसमध्ये अधिकांश ट्युनिसिया र युद्धग्रस्त लिबियाबाट आएका हुन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार सन् २०१४ यता मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्ग बनेको छ र यसले २० हजारभन्दा बढीको ज्यान लिइसकेको छ ।

हिरासतमा रहेका नाइजरका राष्ट्रपतिको लोकतन्त्र जोगाउने प्रतिबद्धता

सैनिक हिरासतमा रहेका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका उनले बताएका छन् ।

आफ्नै सेनाद्वारा बन्दी बनाइएका उनले कठोर सङ्घर्षबाट प्राप्त प्रजातान्त्रिक उपलब्धि जोगाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता व्यक्त गरेका हुन् ।

अफ्रिकी र अन्तर्राष्ट्रिय संगठनले सैन्य विद्रोहको निन्दा गरेकाछन् । साथै नाइजरका पश्चिमा सहयोगीले पनि सैनिक कारबाहीको निन्दा गर्दै अविलम्ब राष्ट्रपतिलाई रिहा गर्न र लोकतान्त्रिक पद्धतिमा फर्कनन आह्वान गरेका छन् ।

नाइजरका विदेश मन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन् । उनले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट गरेका छन् । साथै उनले राष्ट्रपति सकुशल रहेको स्पष्ट गरेका छन् ।

नाइजरमा सैनिक विद्रोह, संविधान निलम्बनको घोषणा

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्थ गरेको दाबी गरेको छ ।

सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको बताएको छ ।राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ भने बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न सेनाले अस्वीर गरेको छ । गए राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि ‘कफ्र्यू’ आदेश जारी गरिएको छ ।

‘हामी, रक्षा र सुरक्षा बलहरूले राष्ट्रपति बाजुमको शासनको अन्त्य गर्ने निर्णय गरेका छौं,’ अन्य नौ जना वर्दीधारी सैनिकबाट घेरिएका कर्णेल अमाडो अब्द्रामानेले बुधबार राति टेलिभिजन सम्बोधनमार्फत घोषणा गरे ।

विश्व तथा क्षेत्रीय नेताहरूले बाजुमलाई रिहा गर्न आह्वान गरेका छन् । दुई वर्ष अघि उनले नाइजरको सत्ता सम्हालेका हुन् ।

छिमेकी बेनिनका राष्ट्रपति प्याट्रिस टालोन मध्यस्थता प्रयासका लागि नियामेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायले जनाएको छ । राष्ट्रपति र उनको परिवार सकुशल रहेको सेनाले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निःशर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् । अफ्रिकी संघ र युरोपेली संघले पनि सैन्य विप्लवको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाईको माग गरेका छन् ।

कुवेतमा पाँच जनालाई मृत्युदण्ड

कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ ।

प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए ।

कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ ।

मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : ०१ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका