दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज, बागमतीमा सार्वजनिक यातायातको भाडा घट्यो, प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रंगशालाको अवलोकन, सुन प्रकरण स् चिनियाँ नागरिक बस्ने घरमा खानतलासी, मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारितलगायतका समाचारले प्रमुख स्थान पाए ।

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज
सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ ।

कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमामाथि बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति रद्द गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रंगशालाको अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन् ।

इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रंगशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रंगशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेका थिए ।

सुन प्रकरण स् चिनियाँ नागरिक बस्ने घरमा खानतलासी

राजश्व अनुसन्धान विभागले लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा खानतलासी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान बस्ने लाजिम्पाटस्थित एक घरमा खानतलासी गर्दा महत्वपूर्ण कागजात र सामग्री बरामद हुन सक्ने आशंका विभागले खानतलासी गरेको हो ।

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनस् अवैध सुन बरामद गरेको छ।

अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्रेको हो।

सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : गृहमन्त्री
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् ।

आज महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याए ।

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अर्थ मन्त्रालयले काठमाडौंमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।

बागमतीमा सार्वजनिक यातायातको भाडा घट्यो
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभरि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो ।

लामो दूरीको सार्वजनिक यातायातमा २।३० प्रतिशत, सिटी बसमा २।२६ प्रतिशत र मालवाहक सवारीमा ३।१८ प्रतिशत भाडा घटेको छ ।

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारित

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रियसभाबाट पुनः पारित भएको छ ।

आज बसेको राष्ट्रियसभाको देस्रो बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको हो ।

सेवाग्राही बनेर यातायात व्यवस्था कार्यालयमा मन्त्रीको छड्के जाँच

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका छन् ।

सेवाग्राही सरह कार्यालय पुगेका मन्त्री जुग्जालीले सवारी चालक अनुमतिपत्र र सवारीसाधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयको गोप्य अनुमगन गरेका थिए ।

दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा आज यहाँ आयोजित बहुआयामिक हलोक्रान्ति ९२००६ विषयक एक दिवसीय विचार गोष्ठीमा उनले दुराडाँडाको हलोक्रान्ति चेतना र क्रान्तिको सुरुवात भएको धारणा राखे।

तीन महिनामा १४ हिमाल चढे हरिला र शेर्पा
नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा)शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् ।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।

भ्रष्टाचार गरेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपाकिाको ७ र ८ नं वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको पाइएकाले आज मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ९ : ०० बजे

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म