कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’ | Khabarhub Khabarhub

कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले यहाँका चार सय ४० पशुपालक कृषकलाई रु ६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा यहाँका हिमाली चार जिल्लाका भेडा च्याङ्ग्रापालक कृषकलाई ‘हेरालो भत्ता’ उपलब्ध गरेको हो ।

मन्त्रालयअन्तर्गत पशुपक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार ‘हेरालो भत्ता’ कार्यक्रम उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु र जुम्लामा लागू भएको थियो ।

उनले भने, “प्रदेश सरकारले खासगरी भेडा च्याङ्ग्रापालक किसानलाई प्रतिमहिना रु एक हजार पाँच सयका दरले वार्षिक रु १८ हजार रकम उपलब्ध गराएको छ । पचासभन्दा माथि भेडा–च्याङ्ग्रा पालेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले ‘हेरालो भत्ता’ दिएको हो ।” कार्यक्रम यो आर्थिक वर्षमा समेत निरन्तर रहेको बताउँदै निर्देशक पङ्गेनीले अहिले केही जिल्लामा ‘हेरालो भत्ता’का साथै औषधि र बन्दोबस्तीका सामान पनि उलब्ध गराउने सुविधा थपिएको जानकारी दिए।

निर्देशनालयले जुम्लाका दुई सय २५ कृषकलाई रु ३३ लाख वितरण गरेको छ । त्यस्तै हुम्लाका एक सय नौ कृषकलाई रु १५ लाख ६९ हजार, मुगुका ५३ कृषकलाई रु १० लाख ५० हजार र डोल्पाका ५३ कृषकलाई रु नौ लाख ५४ हजार रकम प्रदान गरेको छ । प्रदेश सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिको आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याएको जनाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : १६ बजे

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई

म्याग्दीको बेनी–पुरुण्डी सडकखण्डमा कालोपत्र

म्याग्दी- म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको

मुलुकका अधिकांश भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं– यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको

त्रियोग चेस सम्पन्न

काठमाडौं – त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर