कञ्चनपुरमा दुई अर्ब १७ करोड बजेट फ्रिज « Khabarhub

कञ्चनपुरमा दुई अर्ब १७ करोड बजेट फ्रिज


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा पालिका, प्रदेश र सङ्घीय सरकारको गरी रु दुई अर्ब १७ करोड बढी बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा पुँजीगत तथा चालुतर्फको विभिन्न शीर्षकमा आएको बजेटमध्ये रु दुई अर्ब १७ करोड ९२ लाख फ्रिज भएको हो ।

जिल्लाका विभिन्न सरकारी कार्यालयले चालु तथा पुँजीगत बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज गर्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेश लेखा एकाइ कार्यालय कञ्चनपुरका अनुसार प्रदेशका १९ वटा कार्यालयको रु एक अर्ब पाँच करोड नौ लाख फ्रिज गएको छ ।

त्यसैगरी कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका अनुसार पालिका र सङ्घीय कार्यालयको रु एक अर्ब १७ करोड ३२ लाख फ्रिज भएको छ । प्रदेश लेखा एकाइ कार्यालयको तथ्याङ्कानुसार चालुतर्फ रु एक अर्ब २८ करोड ३४ लाखमध्ये रु एक अर्ब दुई करोड ३७ लाख खर्च भएको छ । पुँजीगततर्फ रु दुई अर्ब ३५ करोड ९७ लाखमध्ये रु एक अर्ब ६१ करोड २५ लाख खर्च भएको छ । चालुतर्फ रु २५ करोड ९७ लाख र पुँजीगततर्फ ७४ करोड ७१ लाख फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका सूचना अधिकारी विदाने जोशीका अनुसार सङ्घीय कार्यालयको जम्मा रु नौ अर्ब ७० करोड ६८ लाख २७ हजारमध्ये रु आठ अर्ब ८५ करोड १० हजार खर्च भएको छ भने रु ८५ करोड ५४ लाख १६ हजार बजेट फ्रिज भएको छ । त्यसैगरी यहाँका स्थानीय तहको कूल रु १४ अर्ब पाँच करोड ६० लाख ६३ हजार बजेटमध्ये रु १२ अर्ब ८८ करोड २७ लाख ७४ हजार बजेट फ्रिज भएको छ भने रु एक अर्ब १७ करोड ३२ लाख ८८ हजार बजेट फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका पूर्वप्रमुख विष्णुदत्त जोशीले बजेट खर्चको अख्तियारी ढिला आउनु र असारमा बजेट निकासा हुने प्रवृत्तिले विकास बजेटको ठूलो हिस्सा फ्रिज हुन नसकेको बताए । “अहिले विकास बजेट ११ प्रतिशतमात्रै खर्च भएको देखिन्छ यो धेरै न्यून हो”, उनले भने, “समयमा बजेट निकासा नहुँदा बजेट फ्रिज हुने गर्छ ।” उनले अर्थ मन्त्रालयबाट ढिलो गरी अख्तियारी आउने भएका कारण समयमा बजेट खर्च गर्न नसकिने बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ९ : १२ बजे

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप