घरको कुन ठाउँमा कस्तो रङ्ग प्रयोग गर्ने ?  | Khabarhub Khabarhub

घरको कुन ठाउँमा कस्तो रङ्ग प्रयोग गर्ने ? 


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

हामी सबैको चासो रहेको विषय आफ्नो घरमा सुख, शान्ति र समृद्धि होस् भन्ने हो । सबैको आफ्नो घरलाई राम्रो होस् भन्ने चाहना हुन्छ ।

घरलाई बाहिरी रूपमा वा भित्री रूपमा सबैभन्दा बढी सुन्दर देखाउने भनेको घरको बनावट र रङ्ग हो । हुन त जस्तो बनावट भएको घरमा पनि मिलाएर रङ्ग लगाउन सकियो भने अति नै सुन्दर देखिन्छ ।

वास्तुशास्त्रमा पनि घरमा कस्तो रङ्ग लगाउँदा सुन्दर हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

के तपाईँ पनि घरमा रङ्ग लगाउने तयारीमा हुनुहुन्छ ? आज हामी घरमा कस्तो रङ्ग लगाउँदा राम्रो हुन्छ भन्नेबारेमा जानकारी गराउँदै छौँ ।

वास्तुशास्त्रअनुसार घर बनाउँदा जहिले पनि निलो, पहेँलो, आकाशे, गुलाबी र हरियो रङ्गको प्रयोग गर्नु राम्रो मानिन्छ । किनकि यी रङ्गलाई सत्त्वगुण प्रधान मानिन्छ । रङ्गलाई वास्तुशास्त्र अनुसार तीन भागमा विभाजन गरिएको हुन्छ । जसमा सत्व, रज र तम गुण प्रधान ।

एउटा कुरा ख्याल गर्नुहोस् घरमा कालो रङ्गको प्रयोग गर्नु हुँदैन किनभने यो रङ्ग तम गुण प्रदान हो । यस्तै, रातो रङ्गको प्रयोग पनि शुभ मानिँदैन । रातो रङ्ग रजोगुण प्रधान हो ।

बच्चाहरूको पढ्ने लेख्ने कोठामा पहेँलो कलर लगाउँदा राम्रो हुन्छ । किनभने पहेँले रङ्ग भनेको तपस्या र साधनाको प्रतीक हो ।

घरका बैठक कोठामा सेतो, गुलाबी वा पहेँले रङ्गको प्रयोग गर्दा राम्रो हुन्छ । सुत्ने कोठामा आकाशे, गुलाबी वा हरियो रङ्ग प्रयोग गर्न सकिन्छ ।

भान्छामा हरियो गुलाबी र पहेँले रङ्ग प्रयोग गर्न सकिन्छ । कुनै घरमा दीर्घ बिरामीहरू छन् भने त्यो घरमा सेतो र निलो रङ्ग मिलाएर लगाउँदा राम्रो हुन्छ ।

त्यसैगरी बाथरुममा वा नुहाउने कोठामा सेतो पहेँलो र आकाशे रङ्ग लगाउँदा राम्रो हुन्छ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : ३३ बजे

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका

पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

गण्डकी – सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले