मेस्सीको डेब्यु गोलमा इन्टर मियामी विजयी | Khabarhub Khabarhub

मेस्सीको डेब्यु गोलमा इन्टर मियामी विजयी


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा जारी मेजर लिग सकर (एमएलएस)मा कप्तान लियोनेल मेस्सीको डेब्यु गोलमा इन्टर मियामी विजयी भएको छ ।

आज बिहान भएको खेलमा न्युयोर्क रेडबुल्सलाई २–० गोलले हराउँदै मियामी विजयी भएको हो ।

खेलको ३७औं मिनेटमा डिअगो गोमेजको गोलमा मियामीले अग्रता बनाएको थियो । पहिलो हाफमा टोलीले १–० को अग्रता लिँदै न्युयोर्कलाई दवावमा राखेको थियो ।
त्यसपछि ८९औँ मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि मियामी २–० गोलले विजयी भयो । मेसीले ९ खेलमा ११ गोल गरेका छन् ।

यो जितसँगै मियामी २३ खेलबाट २१ अंकका साथ १४ औँ स्थानमा उक्लिएको छ।

 

 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ४१ बजे

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक काठमाडौं- नेपाली कांग्रेस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट

संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको