गदर-२ को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी « Khabarhub

गदर-२ को विश्वव्यापी ग्रस कलेक्सन ५७५ करोड बढी


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमिषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले शनिबार २६ अगस्टमा बक्स अफिसमा इतिहास रचेको छ । 

हो, शुक्रबार रिलिज भएको फिल्म ‘ड्रिम गर्ल २’को ‘गदर २’ को कमाईमा केही फरक पर्न सक्ने विश्वास गरिएको थियो तर यो पटक्कै भएको छैन । आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ ले पनि यो फिल्मको गतिलाई रोक्न सकेन ।

तारा सिंहलाई संसारभर मन पराइएको छ, जसका कारण उनको चर्चा सर्वत्र छ । तारा सिंह र सकिनाको कथाले विश्वभर करोडौँको व्यापार गरेको छ । हालै यसको १६ औं दिनको कमाई सार्वजनिक भएको छ । 

एक रिपोर्टका अनुसार फिल्मले शनिबार मात्रै १३ करोड कमाएको छ । विगत ५ दिनदेखि गदर २ को कमाईमा कमी आएको भए पनि शनिबार चलचित्रले अघिल्लो दिनको तुलनामा दोब्बर कलेक्सन गरेको छ ।

अहिले फिल्मको कुल कमाई ४४० करोड पुगेको छ । आइतबार फिल्मले घरेलु बक्स अफिसमा ४५० को आंकडा छुने अपेक्षा गरिएको छ । योसँगै विश्वव्यापी बक्स अफिसमा यो फिल्मको कलेक्सनले ५७५ करोडको आँकडा पार गरेको देखिन्छ । 

गदर २ को कुरा गर्दा यो २००१ मा आएको फिल्मको सिक्वेल हो । यसको सिक्वेलमा गदरको स्टारकास्ट मात्रै देखा परेका छन् । सनी देओल, अमिषा पटेल र उत्कर्ष शर्मा मुख्य भूमिकामा देखिएका छ ।

फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन् । गदर २ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले विश्वभर ५ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १० : ४७ बजे

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ।