राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्छ : मन्त्री बस्नेत « Khabarhub

राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्छ : मन्त्री बस्नेत


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताएका छन् । 

यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल  पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्दै उनले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताए । यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नजेतको भनाइ थियो ।  

‘आधारभूत स्वास्थ्य सेवा गाउँमा पुर्‍याउनुपर्ने कुरामा पक्षपातपूर्ण व्यवहार गरिएको थियो । हामीले यो तीन महिनामा उल्लेख्य काम गरेका छौँ । शक्तिको भरमा विभिन्न बाहानामा राजधानीमा मात्रै थुप्रिएर बसेका आठ सयभन्दा बढी काजका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाएका छौँं । अझै तीन महिनाभित्र धेरै प्रगति हुन्छ । हामीले राम्रा काम आफैबाट सुरु गर्नुपर्छ’, उनले भने । 

स्वास्थ्य, शिक्षा र खाद्यान्न जनताको नैसर्गिक अधिकार हो भनेर संविधानमा नै व्यवस्था गरिएको तर्फ जोड दिनुहुँदै मन्त्री बस्नेतले हरेक नागरिक रोगबाट पीडित नहुने गरी प्रभावकारी ढङ्गबाट सातै प्रदेशमा अभियानको रुपमा स्वास्थ्य सचेतनाका कार्य राष्ट्रव्यापी रुपमा लैजानुपर्छ भन्ने धारणा राखे । रोग लागेर उपचार गर्नुभन्दा उपचार गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनका लागि सचेतना जगाउन एप र स्रोत केन्द्र प्रभावकारी हुने मन्त्री बस्नेतले बताए । 

मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले स्वस्थ नागरिकका लागि स्वस्थ आमा र स्वस्थ बालकका लागि उपयोगी हुने मोबाइल एफ तथा डिजिटल स्रोतकेन्द्र उपयोगी र महत्वपूर्ण हुने बताए । उनले समग्र स्वास्थ्य प्रणालीलाई सुधार ल्याउन नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्न यो प्रयास महत्वपूर्ण हुने धारणा राखे । 

मन्त्रालयका अतिरिक्त सचिव संगीता कौशलले एपले गर्भवती तथा सुत्केरीलाई घरमा भएको खानाको उपयोगबारे जान्न तथा महिलाले सम्पूर्ण जानकारी आफै लिनसक्ने आधार तय भएको बताइन्। उनले यो एप स्तनपान सुधारमासमेत उपयोगी हुने र सरकारले सञ्चालन गरेको सुनौलो हजार दिन कार्यक्रममा समेत सहयोगी हुने बताइन् । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले एपको शुभारम्भले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने बताए । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले आम नागरिकका साथसाथै स्वास्थ्यकर्मी र अनुसन्धानकर्ता समेतलाई लक्षित गरेर डिजिटल  पुस्तकालय तथा स्रोत केन्द्र तयार गरिएको जानकारी गराए । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १ : २१ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा