कांग्रेस सांसद आरजुद्वारा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेस सांसद आरजुद्वारा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता


१० भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

संघीय संसद सचिवालयमा आइतबार उनले उम्मेदवारी दर्ता गराएकी हुन् । प्रमुख दहरुले १२ वटा संसदीय समितिमा नेतृत्वको भागबण्डा गरेअनुसार उनले उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर र समर्थकमा नेकपा एमालेका सूर्यप्रसाद ढकाल र नेकपा माओवादी केन्द्रकी रुपा चौधरी छन् ।

भागबण्डाअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले केन्द्रले २ वटा संसदीय समितिको नेतृत्व गर्ने सहमति भएको थियो

त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले समान एउटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

अहिले भने माओवादीले आफूले पाएको एउटा समितिको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई छाड्न तयार भएको छ । संसदको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सांसद दीपक सिंहले उम्मेदवारी दिएका छन् ।

दलीय भागबण्डामा माओवादीले पूर्वाधार विकाससँगै कानून, न्याय तथा मानवअधिकार समितिमा नेतृत्व पाएको थियो । तर, राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाचौँ ठूलो दलको हैसियतमा आफूहले कम्तीमा एउटा संसदीय समितिको नेतृत्व पाउनुपर्ने माग गरेपछि त्यसका लागि माओवादी तयार भएको हो ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ३ : १७ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना