बैतडीमा  करेन्ट लागेर एकको मृत्यु « Khabarhub

बैतडीमा  करेन्ट लागेर एकको मृत्यु


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

त्यस्तै, दशरथचन्द नगरपालिका– ५ आइतका ४३ वर्षीय केशवदत्त लेखक मृत भेट्टिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए। उनका अनुसार शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन् । 

केशवको मृत्युको कारण खुल्न सकेको नसकेको प्रहरी प्रवक्ता केसीले जानकारी दिए। ‘शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ’, उनले भने, ‘परीक्षण रिपोर्टपछि के कति कारणले मृत्यु भएको खुल्ने छ ।’ अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : ५६ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै