समानान्तर भेला नगर्न युवा संघ नेपाललाई नेकपा एसको निर्देशन « Khabarhub

समानान्तर भेला नगर्न युवा संघ नेपाललाई नेकपा एसको निर्देशन


१० भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको भातृ संगठन युवा संघ नेपालभित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालयले बैठकले समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिएको हो ।

युवा संघको इन्चार्जले पार्टीको निर्देशन युवा संगठनको बैठकमा सुनाउने र संगठनले लागू गर्ने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले युवा संघको समस्या समाधानका लागि सचिवालयले अन्य आवश्यक निर्णय गरेको जिकिर गरे ।

शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा युवा संघका दुई गुटले भेला आयोजना गरेको थियो । संघका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेलले फरक–फरक भेला आयोजना गरेपछि पार्टीले हस्तक्षेप गर्दै समाधानको पहल गरेको हो ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ४ : ०२ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच