जाजरकोटमा विद्युतीकरण हुँदै « Khabarhub

जाजरकोटमा विद्युतीकरण हुँदै


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- जाजरकोटलाई विद्युतीकरण गर्नका लागि तयारी तीव्र पारिएको छ । यसका लागि तीन अर्बको ठेक्कासमेत गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सबस्टेशन निर्माणका लागि रू तीन अर्बको नयाँ ठेक्का गरिएको हो ।

भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेशन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेशन निर्माण जारी रहेको नेपाल विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ ।

बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि समाइला सबस्टेशन निर्माण गर्न ठेक्का खोली कामको तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सबस्टेशनबाट काम हुने भएको छ । प्राधिकरणका प्रमुख अभिषेकराज कलवारले चौखाको सबस्टेशन छ महिनाभित्र पूरा हुने बताए । काम गर्ने जनशक्ति कम भएकाले केही प्रविधिक समस्या भएको उनको भनाइ थियो । उनका अनुसार कुदु सबस्टेशनबाट रुकुम पश्चिम, जाजरकोट र सल्यानमा प्रसारण लाइन लिइएको छ । ३३ केभी प्रसारण लाइन तीन जिल्लामा पुर्‍याएको जनाइएको छ ।

चौखाको सबस्टेशन निर्माणपछि ताक्सुगाड जलविद्युत् आयोजनासँगै डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माणले निरन्तरता पाउने प्रमुख कलवारले बताए । उनका अनुसार १३२ केभी प्रसारण लाइन कोहलपुरबाट सिधैँ सुर्खेतको मैनतडामा आठ महिनाभित्र पुग्ने लक्ष्य राखिएको छ । “१३२ केभी प्रसारण लाइनलाई जाजरकोटसम्म ल्याएमा मात्र विद्युत् सेवा दिगो हुने अपेक्षा गरिएको छ”, उनले भने ।

चार सय केभी प्रसारण लाइनको लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडासम्म प्रसारण तथा सबस्टेशनको काम यही आर्थिक वर्षमा गर्ने तयारी भइरहेको प्रमुख कलवारले जानकारी दिए । दुवै प्रसारण लाइन मैनतडामै जडान हुने प्राधिकरणले जनाएको छ ।

जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्नका लागि कुनै पनि सामग्रीको अभाव नभएको कार्यालयले जनाएको छ । जिल्लाभरी झण्डै ३० प्रतिशत विद्युतीकरण भएको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र कर्णालीभरी विद्युतीकरण गरिसक्ने दाबी गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : ५५ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा