राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल


१० भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको दोश्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मुलुकलाई स्थीरताका साथ अघि बढाउन परिवर्तन र रुपान्तरणका साथै राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउने मिशनमा अघि बढ्न आग्रह गरे ।

उनले युवाहरुले स्वदेशमा नै अवसर नपाउँदा लाखौ युवाहरु विदेश जान बाध्य भएकाले अहिले खेती गर्नेहरुको अभाव हुन थालेको जिकिर गरे । यस्तो अवस्थामा सरकारले लिने नीति तथा कार्यक्रममा सहज गराउने जिम्मेवारी प्रेस जगतको भएको उनले बताए ।

त्यस्तै उनले जनतामा चेतना र जागरण फैलाउदै जनताको समस्यामा आन्दोलन र जागरण गर्दै अघि बढ्न सके पार्टीलाई जनताले विश्वास गर्ने बताए ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ५ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया