राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल


१० भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको दोश्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मुलुकलाई स्थीरताका साथ अघि बढाउन परिवर्तन र रुपान्तरणका साथै राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउने मिशनमा अघि बढ्न आग्रह गरे ।

उनले युवाहरुले स्वदेशमा नै अवसर नपाउँदा लाखौ युवाहरु विदेश जान बाध्य भएकाले अहिले खेती गर्नेहरुको अभाव हुन थालेको जिकिर गरे । यस्तो अवस्थामा सरकारले लिने नीति तथा कार्यक्रममा सहज गराउने जिम्मेवारी प्रेस जगतको भएको उनले बताए ।

त्यस्तै उनले जनतामा चेतना र जागरण फैलाउदै जनताको समस्यामा आन्दोलन र जागरण गर्दै अघि बढ्न सके पार्टीलाई जनताले विश्वास गर्ने बताए ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ५ : २६ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच