राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको दोश्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मुलुकलाई स्थीरताका साथ अघि बढाउन परिवर्तन र रुपान्तरणका साथै राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउने मिशनमा अघि बढ्न आग्रह गरे ।

उनले युवाहरुले स्वदेशमा नै अवसर नपाउँदा लाखौ युवाहरु विदेश जान बाध्य भएकाले अहिले खेती गर्नेहरुको अभाव हुन थालेको जिकिर गरे । यस्तो अवस्थामा सरकारले लिने नीति तथा कार्यक्रममा सहज गराउने जिम्मेवारी प्रेस जगतको भएको उनले बताए ।

त्यस्तै उनले जनतामा चेतना र जागरण फैलाउदै जनताको समस्यामा आन्दोलन र जागरण गर्दै अघि बढ्न सके पार्टीलाई जनताले विश्वास गर्ने बताए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : २६ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु