पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई « Khabarhub

पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- नेपाली सेनाद्वारा आयोजित सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ । यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त ट्रफी प्रतियोगितामा बक्सिङ, फुटबल, बास्केटबल र पौडी विधामा देवीदल गणले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

यस्तै अछामस्थित गोरखबक्स गण द्वितीय तथा डोटीमा रहेको भैरवप्रसाद गण तृतीय भयो । गोरखबक्स गण भलिबल, एथ्लेटिक्स र तेक्वान्दो विधामा पहिलो स्थान हासिल गर्दै उपविजेता बन्यो ।

कैलालीको धनगढीस्थित तेघरी ब्यारेकमा आज आयोजित ट्रफी समापन समारोहमा सुदूरपश्चिम पृतनाका निमित्त पृतनापति सहायक रथी सुरत रावलले उपाधी तथा विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत श्री नंं २५ बाहिनी अड्डाले भलिबल, बक्सिङ र पौडी सञ्चालन गरेको थियो भने श्री नं ५ बाहिनी अड्डाले बास्केटबल, एथ्लेटिक्स, फुटबल, तेक्वान्दो लगायतका खेल सञ्चालन गरेको थियो ।

प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

ट्रफी अन्तर्गत श्री नं ५ र २५ बाहिनी अन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबल लगायतका खेल खेलाइएका थिए ।

समापन समारोहमा निमित्त पृतनापति रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी थापा, श्री नं ५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिपेशजङ्ग शाहलगायत विभिन्न गण तथा गुल्मपति र सैनिक अधिृकतको सहभागिता रहेको थियो ।

नेपाली सेनाले खेलाडीमा सामूहिक भावनाको विकास गर्न तथा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्पोर्ट्स फर फ्रेन्डसिपका लागि बर्सेनि ट्रफी प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : ३३ बजे

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा

शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड

काठमाडौं- शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित