अन्नपूर्ण पदयात्राका लागि अग्रिम बुकिङ सुरु « Khabarhub

अन्नपूर्ण पदयात्राका लागि अग्रिम बुकिङ सुरु


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पोखरा- पदयात्राको मुख्य याम सुरु हुनै लाग्दा अग्रिम बुकिङ आउने क्रम सुरु भएको छ । पदयात्रा पर्यटनमा आकर्षक गन्तव्य मानिएको अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आगामी अक्टोबर, नोभेम्बरका बुकिङ आउन थालेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान गण्डकीका अध्यक्ष धर्म पन्थीले जानकारी दिए ।

उनका अनुसार विशेषगरी युरोपियन राष्ट्रबाट बुकिङ आउन सुरु भएको छ । अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वका १० उत्कृष्ट पदमार्गअन्तर्गत पर्ने र यस याममा ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू आउने गरेको उनले बताए ।

हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको अन्नपूर्णसँग जोडिएको अन्नपूर्ण चक्रीय पदमार्ग र आसपासका पदमार्गमा पर्यटकहरू लोभिने गरेका छन् ।

विगत चार दशक अघिसम्म पदयात्रामा जाने पर्यटकले भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यतालाई पछिल्लो समयमा बनेका स्तरीय होटल तथा अन्य पूर्वाधारले अन्त्य गरिदिएका छन् । पदयात्राको याम नजिकिँदै गर्दा पर्यटन व्यवसायी पनि त्यसको तयारीमा जुटिसकेको बताउँदै अध्यक्ष पन्थीले यस वर्ष सेप्टेम्बरका लागि भने बुकिङहरू आइनसकेको जानकारी दिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्रमा पदयात्राको क्रम सुरु भएको पाइन्छ । पदयात्रा मार्गहरू सुरक्षित नै रहेको बताउँदै पन्थीले यस याममा उल्लेख्य सङ्ख्यामा पर्यटक आउने विश्वास गरिएको बताए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : ४२ बजे

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र