सुशासनबिना आर्थिक समृद्धि सम्भव छैन : गृहमन्त्री श्रेष्ठ « Khabarhub

सुशासनबिना आर्थिक समृद्धि सम्भव छैन : गृहमन्त्री श्रेष्ठ


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने बताए ।

नेकपा (माओवादी केन्द्र) पर्साद्वारा आज आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले जस्तोसुकै चुनौतीको सामना गरी सरकारले सुरु गरेको सुशासनको अभियानलाई निष्कर्षमा पु¥याई छाड्ने दृढता व्यक्त गरे ।

“सरकारले भ्रष्टाचार, अनियमितता र तस्करीका ठूला ठूला फाइलहरू खोलेर अनुसन्धान सुरु गर्दा भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय बनेर लागेका छन्”, गृहमन्त्री श्रेष्ठले भने, “तर सरकार कसैको धम्की, घुर्की र अवरोध गर्दैमा रोकिनेवाला छैन्, जसरी पनि अगाडि बढ्छ ।” सरकारले भ्रष्टाचारका फाइलहरूको छानबिन गरी निष्कर्षमा पु¥याएर दोषीलाई कानूनी दायरामा ल्याइछाड्ने उनले बताए ।

भ्रष्टाचार र अनियमितताका जालोहरूलाई टुटाउँदै नेपालमा सुशासन कायम गरी आर्थिक समृद्धिको यात्रामा जाने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरी काम अघि बढाएको उल्लेख गर्नुहुँदै उनले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रित रहेको बताए ।

सुशासनबिना मुलुकमा आर्थिक समृद्धि हासिल गर्न नसक्ने दाबी गर्दै उनले सुशासनलाई अनिवार्य सर्त बनाई भ्रष्टाचार तथा अपराधमाथि प्रभावकारी नियन्त्रण गर्न तथा तस्करी, कालोबजारी, ठगी गर्ने अपराधीलाई कारबाही गरी सुशासन कायम गर्न अघि बढ्ेको उल्लेख गरे ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ३३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन