एसियाली खेलकुदमा आज नेपाल र मंगोलिया खेल्ने « Khabarhub

एसियाली खेलकुदमा आज नेपाल र मंगोलिया खेल्ने


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

हाङझाउ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङगोलियासित खेल्दैछ ।

नेपाल र मङगोलियाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे सुरु हुनेछ ।

मङगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको हो । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ ।

समूह ए मा शीर्ष स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ ।

पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् ।

नेपाली टोलीमा सन्दीप लामिछाने, सागर ढकाल, रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, विनोद भण्डारी र सन्दीप जोरा रहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : २३ बजे

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको