सिरोसिस हुने बित्तिकै जीवन सकियो भन्ने हुँदैन « Khabarhub

सिरोसिस हुने बित्तिकै जीवन सकियो भन्ने हुँदैन


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मस्तिष्क, मुटु, मिर्गौला र कलेजो शरीर कार्य प्रणालीको महत्वपूर्ण अंग मध्येमा पर्छन्। मुटु र मस्तिष्क जत्तिकै महत्त्वपूर्ण अंग हो, कलेजो। कलेजोले पित्त बनाउने काम गर्छ। यो पाचन प्रणालीको महत्त्वपूर्ण अंग हो। यसले शरीरमा भएको टकसिनलाई निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ। कलेजो बिग्रिएर फेल हुने अवस्थालाई लिभर सिरोसिस भनिन्छ। नियमित रक्सी खाने, लामो समयदेखि हेपाटाइटिस बी र सी संक्रमण भएका व्यक्तिमा कलेजो बिग्रिने सम्भावना धेरै हुन्छ। रक्सी र भाइरल संक्रमण कलेजोका लागि घातक हुनसक्छन्। लामो समय अधिक रक्सी सेवन (१० वर्षभन्दा धेरै) तथा लामो समयसम्म भाइरल संक्रमणले कलेजोको आकार घट्दै जान्छ। यसले स्थायी रूपमा दाग बसाल्ने गर्छ। जुन दागका कारण कलेजोले काम गर्न सक्दैन। यो रोगलाई अंग्रेजी र मेडिकल भाषामा ‘लिभर सिरोसिस’ भनिन्छ। सिरोसिस भन्ने कस्तो समस्या हो ? यो समस्या कस्तो व्यक्तिमा धेरै देखिने हो ? सिरोसिस हुँदा कस्तो कस्तो लक्षणहरू देखा पर्दछ ? कलेजोमा केही समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि कलेजो रोग विशेषज्ञ डा. अनन्त श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

सिरोसिस कस्तो दीर्घकालीन रोग हो ?
सिरोसिस भनेको दीर्घकालीन कलेजोको रोग हो। सामान्य मान्छेको कलेजो नरम हुन्छ र काम पनि राम्रोसँग गर्दछ। तर, कुनै कारणवश कलेजो विस्तारै बिग्रँदै गएरपछि कलेजोमा धेरै खत हुन्छन् र कलेजोको आकारमा पनि परिवर्तन हुन्छ। विस्तारै कलेजोले काम गर्न छोड्छ। त्यही नै सिरोसिस हो।

सिरोसिस हुनुको कारण के हो ?
कलेजो विस्तारै ड्यामेज भयो भने धेरै समस्या हुन्छ। सिरोसिस दैनिक रूपमा मदिरा सेवन गर्ने मान्छेमा हुन्छ। हेपाटाइटिस बी र सी ले पनि मान्छेमा कलेजोको ड्यामेज गराउँछ। बढी मदिरा सेवन गर्नेको कलेजोमा बोसो जम्ने समस्या हुन्छ। मदिरा सेवन नगरे पनि सुगर रोगी, मोटोपन र उच्च रक्तचाप हुनेमासमेत यो समस्या देखिन्छ।

सिरोसिस हुँदा देखिने लक्षण के के हुन् ?
सिरोसिस विस्तारै हुने रोग भएकोले यसको संकेत पनि विस्तारै देखिँदै जान्छ। जबसम्म कलेजो ८० प्रतिशत जति ड्यामेज हुँदैन, तबसम्म यसको कुनै संकेत देखिँदैन। त्यसमा पनि पहिलो संकेत भनेको धेरै थकाई लाग्ने, पिँडुला फर्किने हुन्छ। त्यसपछि विस्तारै आँखा पहेँला हुँदै जाने, जन्डिस हुँदै जाने हुन्छ। बेहोस हुने, बेहोसिको कुरा गर्ने, कालो दिसा आउने, पेट फुल्ने, छालामा मासु गलेर आउने, चोट लाग्दा रगत बगिरहने र कसैमा रगत उल्टी हुने पनि हुन्छ।

यो कुन उमेर समूहमा बढी देखिन्छ ?
यो लामो समयपछि हुने रोग भएको कारणले ५० वर्ष भन्दा माथिका मानिसमा हुने हुन्छ। तर, आज भोलि मानिस बाल्यकालदेखि नै रक्सी सेवन गर्ने गरेकोले त्यस्तामा र सानोमा हेपाटाइटिस भएको कारणले २० वर्ष तिर पनि यो समस्या भएको हामीले पाइन्छ।

यो सिरोसिसको उपचार कसरी गरिन्छ ?
सिरोसिस हुने बित्तिकै जीवन सकियो भन्ने हुँदैन। त्यसको समयमा पहिचान भएर डाइग्नोसिस् गर्न सकियो भने सुरुवाती अवस्थामा नै त्यो सिरोसिसलाई त्यही रोक्न सकिन्छ। सिरोसिसले पेटमा पानी जमेको छ भने उपचार हुन्छ। छातीका नशाहरू फुलेर रगत उल्टी हुने, होस हराउने जस्ता जटिलता स्वास्थ्य समस्याको पनि उपचार हुन्छ। उपचारमा गरेर पनि कलेजोले काम गरेन भने अन्तिममा कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

सिरोसिस भयो या कलेजोमा समस्या आयो भने खानपानमा कसरी ध्यान दिने ?
कलेजोको कुनै पनि रोग नलागोस् भनेर सबै भन्दा पहिला रक्सी नखाने, मोटोपन घटाउने, धेरै गुलियो नखाने, दैनिक सेतो भात नखाने, धेरै चिल्लो आलुको परिकार कम खाने गर्नुपर्छ। च्याँख्ला खाने गहुँको खाना खाने, दैनिक रूपमा ४५ मिनेट ठूलो व्यायाम वा हिँड्दा पनि कलेजोमा बोसो जम्ने समस्यालाई रोक्छ।

एक पटक सिरोसिस भएर पानी आउने भयो भने खाना भण्डारण गर्ने शक्ति हुँदैन। त्यसैले क्यालोरीको मात्रा र पोषणतत्त्व धेरै खाने, समयमा धेरै समयको अन्तराल नराखी छिटोछिटो खाने गर्नुपर्छ। हेपाटाइटिस बी रोग लाग्न नदिने र चिकित्सकको परामर्श बिना अनावश्यक औषधि नखानु राम्रो हुन्छ। बिना जाँचको आयुर्वेदिक औषधि पनि रोक्न सकियो भने यो सिरोसिस हुनबाट बच्न सक्छौँ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : ०२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको