दोस्रो विश्व युद्धका दुई घटना | Khabarhub Khabarhub

दोस्रो विश्व युद्धका दुई घटना


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अपरेसन जाओकीक दोस्रो विश्व युद्धको समयमा गरिएको सधैँ सम्झने एउटा सफल र साहसिक हमला योजना हो। फिल्मको प्लट जस्तो लाग्ने सो हमलामा १४ जना अष्ट्रेलिया र बेलायतका कमान्डो थुप्रै सदस्यको साथमा अष्ट्रेलियाबाट क्रेट नामको डुङ्गा लिएर जापानको कब्जामा रहेको सिंगापुरतर्फ गएका थिए।

त्यसमा रहेका जहाजका सबै चालक दलका सदस्यको लुगा फिसरम्यानलाई छल्नका लागि नयाँ ढङ्गको बनाइएको थियो। डुङ्गा सिगापुरमा राखेर उनीहरू क्यानोइङको सहारामा राति अन्धकारमा यात्रा गरेका थिए।

जापानी जहाज छुटेपछि त्यहाँ माइन बिछ्याइएको थियो। २६ सेप्टेम्बरका दिन त्यहाँ माइन बिछ्याएको थियो। त्यसको एक दिनपछि नै त्यहाँ सात जापानी जहाज डुबेका थिए।

त्यो ४८ दिने आक्रमणमा सरिक भएका अष्ट्रेलियाका १४ जना नै सकुशल फर्किए। जापानसँग भिडन्त अघि २० मिनेट इन्डोनेसियाको पानीमा बिताउनु परेको समय सम्झँदै उनीहरू बहादुरीको साथ त्यो आक्रमणको कथा भनिरहेका छन्। उनीहरूको कथा पछिल्लो पुस्ताले पनि सम्झन थालेको छ।

‘मेरा बाबुले बताए अनुसार उनीहरूले जापानी जलयान कब्जामा लिएर त्यहाँबाट फर्केका थिए,’८० वर्षीय क्रेट क्युका सदस्य तथा रेडियो अपरेटर होरी योङका छोरा ब्रायन यङले भने। त्यसपछि त्यो यान उनीहरूलाई छाडेर फर्केको थियो। ८० वर्षपछि ती सबै कुराको सङ्ग्रह गरेर सङ्ग्रहालयमा राखिँदै छ। सबैले त्यस दिनको बहादुरीको सम्झना गरीरहेका छन्। जे स्पेस युनिट अन्तरगतको टास्क फोर्सले सो काम गरेका थियो। त्यो संयुक्त युनिटले अग्र भागमा रहेको सेनाको जत्थालाई हमला गर्ने नीति लिएको हो। त्यस जत्थाको नेतृत्व इभान लीयोनले गरेका थिए।

सन् १९८८ मा सिड्नीमा राष्ट्रिय मरीटाइम सङ्ग्रहालय मार्फत त्यस समयको स्मरण गरिँदै आइएको हो। अष्ट्रेलियाका राष्ट्रिय मेरिटाइम म्युजियमका जल सेना विशेषज्ञ स्टरलीङ स्मिथ शत्रुको लाइन भन्दा दुई हजार माइल पर रहेर योजना बनाउनु, आक्रमण गर्नु र छापा मार्नु साँच्चै अविश्वसनीय झैँ देखिन्छ। सिंगापुरमा रहेको राजारथम सैन्य स्कुलमा अध्ययन गरीरहेका यीयान ली जायकीक अपरेसन युद्धको एउटा अनुपम उदाहरण भएको बताउँछन्।

अहिले रुसले आक्रमण गर्दा सुरुवाती दिनमा धरमराएको युक्रेन केही समयपछि जसरी सामना गर्दै र रुसको सामान्य जत्थामाथि पनि धावा बोली रहेको छ। त्यसले पनि सो समयमा अष्ट्रेलियाले गरेको त्यो आक्रमण जस्तै भएको उनको मत छ। दोस्रो विश्व युद्धमा त्यस घटनाले धेरै प्रभावित पारेको देखिएन। तथापि त्यस आक्रमणका कारण अस्ट्रेलियाका मित्र शक्तिहरूको आत्मबलमा वृद्धि भएको थियो।

बाबुको बहादुरीका बारे जानकारी गराइ रहेका योङको जन्म त्यसै समयमा भएको थियो। जुन समय उनका बाबु मिसनमा सक्रिय थिए। उनका बाबुले आफ्नो युद्ध योजनाका बारे कहिल्यै पनि अन्यलाई केही पनि भन्ने गरेका थिएनन्। उनका बाबु त्यस समयमा युद्धमा मरेको सामान्य व्यक्तिलाई सम्झेर भने दुःखी हुन्थे।

लेफ्टिनेन्ट कर्णेल लीयोनको नेतृत्वमा २३ जनाले हारबरमा बम प्रहार गरेका थिए। त्यो बम प्रहारमा कोही पनि बाँचेका थिएनन्। त्यो क्रेट क्युका सदस्यलाई सो युद्धका बारे थाहा थियो। परन्तु ती सबैको जीवन लीला समाप्त भइसकेको छ।

उनीहरूको अचम्मको बानी थियो। युद्ध समयका केही कुरा पनि उनीहरू सजाउन चाहँदैन थिए। योङका बाबुका साथी सम्पर्कमा आउँदा कहिले कहीँ यस्ता स्मरणीय कुरा राख्नुपर्छ भन्ने आशय व्यक्त गर्थे। तथापि यस सवालमा उनीहरू धेरै सचेत थिएनन्। यस कारण त्यस समयका धेरै सस्मरण अहिले छैनन्।

रन मोरिसाको छोरा इभान मोरिसकै विचारमा उनका बाबुले नायक बनेर देखाएका थिए। दोस्रो विश्व युद्धको समयमा भएको धेरै कथा मध्ये सिंगापुरको त्यो आक्रमण एउटा कथा हो।

त्यसै कारण छोरा इभानले यसका बारे धेरै अध्ययन गरे। उनले अध्ययन गरेर पत्ता लगाएका विषय ‘टाइगर रिभेन्ज’ नामको पुस्तकमा उल्लेख छ। उनले एउटा अचम्मको महसुस गरेका थिए। जीवनको पछिल्लो समयमा रनले भन्ने गरेका थिए। नडराउनु नै मूर्ख बन्नु हो।

यस घटनालाई सन् १९४२ मा भएको घटनाको बदलाका रूपमा लिइने गरिन्छ। बाङका टापु आक्रमणको रूपमा परिचित १९४२ को त्यो घटनामा जापानी सेनाले अष्ट्रेलियाको नर्सको हत्या गरेको थियो।

यो घटनालाई लामो समय गोप्य राख्न खोजिए पनि धेरैपछि यसका बारे सबै कुरा बाहिर आउन थालेको हो। अष्ट्रेलियाले सो घटनाको स्मरण गर्न पनि चाहँदैन थियो।

सैनिक इतिहासका ज्ञाता लिनेट सिल्भरका अनुसार २२ जान अष्ट्रेलियाका नर्सहरू इन्डोनेसियाका बाँका टापुमा हिँडी रहेका थिए। त्यसै समयमा उनीहरूलाई मेसिन गन प्रहार गरिएको थियो। सो घटनामा प्राय सबै मारिएको अनुमान गरिएको थियो। गोली प्रहार गर्नु भन्दा अघि उनीहरूमाथि यौन हिंसा भएको धेरै जना सम्झन भने चाहँदैनन्। परिवारका पनि यौन हिंसा पनि भएको कुराले धेरै पीडा हुने भएका कारण मृत्यु मात्र भएको कुरा गरिँदै आइएको थियो।

त्यस टापुमा गोली प्रहार गर्नु भन्दा अघि जापानी सेनाले महिला र पुरुषलाई छुट्टाएको थियो। त्यसै समयमा नर्स भिनियन विन्केल भने गोली लागेर पनि बाँचेकी थिइन्। उनले त्यहाँ मरेको अभिनय गरेकी थिइन्। उनी जङ्गलमा लुक्दै अनेक कष्ट सहँदै अस्ट्रेलिया फर्केकी हुन्।

त्यसै नयाँ सहरमा अर्नेस्ट लायड र इरिक जर्मान पनि बचेका थिए। दोस्रो विश्व युद्धको धेरै कुराको स्मरण गर्ने क्रममा सन् २००० मा विन्केले त्यस घटनाको बारे सञ्चार माध्यममा जानकारी गराएकी थिइन्।

दोस्रो विश्व युद्धमा धेरै लुकाइएका घटनाहरू पछिल्लो समय मात्र सार्वजनिक हुन थाले। त्यसै युद्धमा जापानी सेनाले बेलायतीमाथि पनि त्यसै ढङ्गको व्यवहार गरेको हुनसक्ने आङ्कलन गरिएको छ।

हङकङमा रहेको बेलायती नर्सहरू जापानी सेनाले दिएको यातनाको सिकार भएका थिए।
त्यस घटनाका साक्षी टेस लरेन्स र बाराबार एन्जल पनि हुन्। उनीहरूले बायोग्राफी बनाइ रहेका छन्। अष्ट्रेलियाका ऐतिहासिक कारल सिलभरका अनुसार सन् १९४१ सम्म अष्ट्रेलियाका नर्सहरूको एकदमै सुखी जीवन थियो।

उनीहरू सेनाका प्रिय थिए। एकदम रमाइलो जिन्दगी बिताउने ती नर्स एकदमै कठिन समयमाबाहेक अन्य समयमा धेरै काममा पनि सरिक हुँदैन थिए। ८ डिसेम्बर १९४१ मा त्यस स्थानमा जापानी सेनाले आक्रमण गरेपछि मात्र उनीहरूको जीवन एकाएक परिवर्तन भएको थियो।

दोस्रो विश्व युद्धको समयबाट अहिले ८० वर्ष पछिको समय चलिरहेको छ। तथापि त्यस समयका धेरै घटनाका धेरै तथ्यको खोजी अहिले पनि गरिएको छ। जापानी सेनाले अष्ट्रेलियाका नर्स माथिको नरसंहार र अष्ट्रेलियाको जल सेनाको सिंगापुरमा जापानी सेना माथिको धावा भने सधैँ चर्चाको विषय हुनसक्छ। स्रोतः बिबिसी

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : १० बजे

बढ्दै छ ‘साइलेन्ट किलर’ उच्च रक्तचाप जोखिम, कसरी जोगिने ?

काठमाडौं- आज (शुक्रबार) विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।