अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य, मंगोलियासामू ३१५ रनको चुनौती « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य, मंगोलियासामू ३१५ रनको चुनौती


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । 

समूह ए अन्तर्गत चीनको जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मंगोलिया सामू ३१५ रनको लक्ष्य दिएको छ । 

नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनाएको छ । यो कुनै पनि राष्ट्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । नेपाल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ ।

यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो । अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो ।

यस्तै, नेपालका लागि कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै रेकर्ड बनाएका छन् । उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । 

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको शतकीय इनिङ्स खेले । रोहित पौडेलले ६१ र दिपेन्द्र सिंह ऐरीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।

मंगोलियाका इरडेनबुलगन, जमेनसुरेन र अल्टनखुयागले एक–एक विकेट लिए । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ३२ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व