पर्यटन दिवस : विदेशी पर्यटकलाई नाकामा स्वागत « Khabarhub

पर्यटन दिवस : विदेशी पर्यटकलाई नाकामा स्वागत


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४४औँ विश्व पर्यटन दिवस मनाइएको छ ।

गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई भीमदत्त नगरपालिका र होटेल व्यवसायी सङ्घ कञ्चनपुरले नाकामा फूलमाला तथा ढाका टोपी लगाएर स्वागत गरेको हो । दिवसका अवसरमा नगर प्रमुख पदम बोगटी र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले इजरायली नागरिक सियालविभानलाई नाकामा स्वागत गरे ।

स्वागत कार्यक्रममा नगरप्रमुख बोगटीले नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको उल्लेख गरे । ‘यहाँका पर्यटकीय स्थलहरूको प्रचारप्रसार र विकासमा नगरपालिकाले कुनै कमी गर्ने छैन’, उनले भने, ‘यहाँको पर्यटन विकास गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’

होटल व्यवसायि सङ्घ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा कञ्चनपुरका  थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेको बताए । ‘यो नाका विदेशी पर्यटक आउने प्रमुख नाका हो’, उनले भने, ‘यहाँका पर्यटकियस्थलहरुको प्रचारप्रसार हुन नसक्दा यहाँबाट अन्यत्र घुम्न जाने गरेका छन् ।’

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरुको सङ्ख्या बढेको बताए । ‘अहिले विदेशी पर्यटकहरु आउने सङ्ख्या बढेको छ’, उनले भने, ‘गत वर्षभन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।’ 

अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ विदेशी पर्यटक भित्रिएका छन् । सप्टेम्बरमा मात्रै एक सय ५४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  २ : ३० बजे

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष

कांग्रेसका बैठक : सभापति गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपामा

ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव

एजेन्सी– जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन

हनुमानढोका दरबारमा वसन्त श्रवण (तस्बिरहरू)

काठमाडौं– माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

काठमाडौं– एनसेलले पोखरामा आयोजना हुने राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर