भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु « Khabarhub

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा फर्निचर एक्स्पो बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

असोज १४ गतेसम्म ५ दिन चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेका छन् । एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिएको छ । एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे ।

सो क्रममा मन्त्री रिजालले फर्निचर निर्माण व्यवसायीको अर्बौँको लगानी हुँदा धेरै वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्थालाई न्यूनिकरण गर्नुपर्ने बताए । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी निर्यातमा ध्यान दिनुपर्ने जिकिर गरे ।

देशभित्रै प्रशस्त स्रोत हुँदा पनि बिदेशबाट काठजन्य वस्तु आयात गर्नु सुखद विषय नभएको भन्दै उनले स्वदेशी काठको प्रयोगमा सहजीकरण गर्न सरकारले आवश्यक कदम चाल्ने जिकिर गरे ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए । फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संघले सन् २०१२ देखि एक्स्पो आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया