भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु | Khabarhub Khabarhub

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा फर्निचर एक्स्पो बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

असोज १४ गतेसम्म ५ दिन चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेका छन् । एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिएको छ । एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे ।

सो क्रममा मन्त्री रिजालले फर्निचर निर्माण व्यवसायीको अर्बौँको लगानी हुँदा धेरै वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्थालाई न्यूनिकरण गर्नुपर्ने बताए । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी निर्यातमा ध्यान दिनुपर्ने जिकिर गरे ।

देशभित्रै प्रशस्त स्रोत हुँदा पनि बिदेशबाट काठजन्य वस्तु आयात गर्नु सुखद विषय नभएको भन्दै उनले स्वदेशी काठको प्रयोगमा सहजीकरण गर्न सरकारले आवश्यक कदम चाल्ने जिकिर गरे ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए । फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संघले सन् २०१२ देखि एक्स्पो आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ०६ बजे

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने