ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगको आग्रह « Khabarhub

ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगको आग्रह


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका सामाजिक अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आग्रह गरेको छ ।

सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र मेयर बालेन साहसँग माग गर्दै विगत ८ दिनदेखि सभागृहको गेटबाहिर उभिँदै आएका ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगले आग्रह गरेको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै धर्नामा रहेका ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न सरकार र महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।

आयोगले ईःलाई आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको