सेयर बजारमा १८.६० अंकको गिरावट « Khabarhub

सेयर बजारमा १८.६० अंकको गिरावट


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेप्से सूचक बुधबार १८.६० विन्दुले घटेर २००४.३० अंकमा आएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् । 

पछिल्ला केही दिनयता नीतिगत कुराले सेयर बजारमा निकै छिटोछिटो उतारचढाव ल्याइरहेको छ । विशेषगरी सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा राष्ट्र बैंकले लिन सक्ने निर्णयका बारेमा बजारमा विभिन्न आँकलनहरु भइरहनु र त्यसलाई आधार मानेर बजार हल्ला चल्दा सेयर बजार पनि प्रत्यक्ष प्रभावित हुन थालेको हो । 

केही दिनअघि मात्र अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउने सहमति भएको खबर सार्वजनिक भयो । यसमा गभर्नरले पनि ग्रीन सिग्नल दिएका थिए । सोही खबरलाई आधार मानेर बजारमा केही सुधार पनि भयो । तर केन्द्रीय बैंकले अहिलेसम्म यसमा आधिकारिकरूपमा केही पनि नीतिगत निर्णय गरेको छैन । 

यस दिन २८२ कम्पनीको ७० लाख ६१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ५६ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड