राष्ट्र बैंकद्वारा वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक, सबैभन्दा धेरै भारतबाट (प्रतिवेदनसहित) | Khabarhub Khabarhub

राष्ट्र बैंकद्वारा वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक, सबैभन्दा धेरै भारतबाट (प्रतिवेदनसहित)


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म मुलुकको कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।

२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमध्ये, भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ५९ करोड र त्यसपछि चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ ।

आयरल्याण्ड २० अर्ब ९० करोड, सिङ्गापुर १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ५ : २४ बजे

म्याद गुज्रेका सिलिन्डर नष्ट गरिँदै

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य

कथा : एक्ले पिपल

साउने धान उठाउन धमाधम छ । हाम्रो पनि मुरी बारेक

टुक्रे योजनामा नअल्झिन मुख्यमन्त्री पाण्डेको निर्देशन

घोडेपानी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले टुक्रे योजनामा नअल्झिन

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास

गाजा – गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा शुक्रबार