अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने « Khabarhub

अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण बढाएर २० किलो पुर्‍याएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण २० किलो पुर्‍याएको हो । यसअघि  दैनिक १० किलोसम्म सुन आयात गर्न पाइने व्यवस्था रहेको थियो ।

राष्ट्र बैंकले मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी भए दैनिक निर्धारित परिमाणमा नबढ्ने गरी एकमुष्ट रुपमा समेत सुन आयात गर्न सकिने जनाएको छ ।

तर, एकमुष्ट सुन आयात गर्दा आगामी दिनका लागि अग्रिम रूपमा आयात गर्न र व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : २८ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६