अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने « Khabarhub

अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण बढाएर २० किलो पुर्‍याएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण २० किलो पुर्‍याएको हो । यसअघि  दैनिक १० किलोसम्म सुन आयात गर्न पाइने व्यवस्था रहेको थियो ।

राष्ट्र बैंकले मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी भए दैनिक निर्धारित परिमाणमा नबढ्ने गरी एकमुष्ट रुपमा समेत सुन आयात गर्न सकिने जनाएको छ ।

तर, एकमुष्ट सुन आयात गर्दा आगामी दिनका लागि अग्रिम रूपमा आयात गर्न र व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार