काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण बढाएर २० किलो पुर्याएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण २० किलो पुर्याएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न पाइने व्यवस्था रहेको थियो ।
राष्ट्र बैंकले मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी भए दैनिक निर्धारित परिमाणमा नबढ्ने गरी एकमुष्ट रुपमा समेत सुन आयात गर्न सकिने जनाएको छ ।
तर, एकमुष्ट सुन आयात गर्दा आगामी दिनका लागि अग्रिम रूपमा आयात गर्न र व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने जनाइएको छ ।