ट्राइब्रेकरमा नेपाललाई हराउँदै भारत फाइनलमा « Khabarhub

ट्राइब्रेकरमा नेपाललाई हराउँदै भारत फाइनलमा


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारत साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा नेपाललाई पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित भयो । टाइब्रेकरमा नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए । भने प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न सकेनन् ।

भारतका लागि अर्जुन सिंह,गोम्सर गोयारी र माङलिङ थेङ किपिङले गोल गरे । दिनेश सिंह र रिक्की मित्तलको पेनाल्टी नेपालका गोलरक्षक जियारथ शेखले बचाए ।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । भने ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काएका थिए ।

भारलले अब फाइनलमा पाकिस्तानसँग खेल्ने छ । पाकिस्तान भुटानलाई टाइब्रेकरमा नै हराउँदै फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको