सिरहाको औरहीमा नीलगाई मृत भेटियो « Khabarhub

सिरहाको औरहीमा नीलगाई मृत भेटियो


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको औरही–३ मा दुर्लभ मानिएको नीलगाई मृतावस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय सिरहास्थित लहानका प्रमुख सुजितकुमार झाका अनुसार मङ्गलबार बिहान धानखेतमा वयस्क नीलगाई मृतावस्थामा भेटिएको हो ।

मृत नीलगाईको अवस्था हेर्दा रोगको कारण थलिएर मरेको प्रारभिक अनुसन्धानमा देखिएको प्रमुख झाले बताए । “स्थानीयवासीको भनाइअनुसार तीन÷चार दिनदेखि गाई झोक्रिएर हिँडेको थियो भन्ने सुन्नमा आयो”, प्रमुख झाले भने , “समयमै कसैले वन कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा खबर गरेको भए उपचार गरेर बचाउने प्रयास गरिने थियो ।”

धानबारीमा मृत नीलगाई भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सिरहाले वन कार्यालयलाई खबर गरेको थियो । प्रमुख झाका अनुसार के कति कारणले नीलगाई मृत फेला परेको हो भन्ने विषयमा थप अनुसन्धानमा जारी रहेको छ ।

नीलगाईलाई नेपालमा संरक्षित वन्यजन्तुको रूपमा लिइन्छ । संरक्षित वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही हुनेछ । कसुर प्रमाणित भए छ महिनादेखि १५ वर्षसम्म कैद र रु १० हजारदेखि १० लाखसम्म जरिवाना हुने वन्यजन्तु संरक्षण ऐन, २०२९ मा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ०४ बजे

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको