एमाले बागमतीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी « Khabarhub

एमाले बागमतीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र फिर्ताको प्रक्रिया पूरा भएपछि बिहीबार मतदान हुने कार्यक्रम छ । सो कमिटीका लागि अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव महिला एक, उपसचिव खुला एकसहित दुई सय ४० सदस्यीय पदमा निर्वाचन हुनेछ । नेताले नेतृत्वका लागि सहमतिको प्रयास पनि जारी राखेका छन् ।

बन्दसत्रका अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले अध्यक्षका सम्भावित उम्मेदवारसँग सहमतिको प्रयासका लागि अध्यक्ष मण्डलले छलफल गरिरहेको छ । असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फँुयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : २८ बजे

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका