सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई बच्चालाई जन्म दिएकी सुत्केरीको बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बडीमालिका नगरपालिका–९ मार्तडीकी १८ वर्षीया ललिता नेपालीको शल्यक्रिया गरेर बच्चा निकालेपछि मुर्छा पर्ने, बेहोस हुनेलगायतका लक्षण देखा पर्ने थालेपछि अन्य अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । सुत्केरी नेपालीको जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई नवजात शिशुको निकालिएको थियो ।

अस्पताल बाजुराले रिफर गरेर जिल्लामा उपचार सम्भव नभएको प्रशासनलाई जानकारीपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

महिलाको अवस्था गम्भीर भएकाले महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

उनले सुत्केरीको ज्यान खतरामा भएकाले नेपालगञ्ज लैजाने गरी नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताए। मङ्गलबार नेपाली सेनाको हेलिकप्टरमा हिमाली गाउँपालिका–१ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको अत्यधिक रक्तस्राव र नाल नआएर पाठेघरको मुख बन्द भएपछि उद्धार गरिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ३९ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा